spot_img

प्रधानमन्त्री दाहाल गए बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा

spot_img

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएका छन्।उनी केही बेरअघि संखुवासभा, पाँचथर र ताप्लेजुङको बाढीपहिरोग्रस्त ठाउँ अवलोकनका लागि प्रस्थान गरेको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

‘उहाँ बाढीपहिरो प्रभावित ठाउँ जानुभएको छ,’ उनले भने।सोमबार बिहान बाढीपहिरो प्रभावित क्षेत्रका सांसद, नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर उद्धार र राहतमा तदारूकता देखाउन माग गरेका थिए।

प्रधानमन्त्री पूर्व जाने भएपछि समाजवादी मोर्चा घोषणा पनि एक घन्टालाई सरेको छ। तीन बजेलाई तय भएको घोषणा कार्यक्रम ४ बजेलाई सारिएको छ।

मनसुनको आरम्भवमा पूर्वी पहाड बाढी, पहिराको चपेटमा परेको छ। अहिलेसम्म ५ जनाको मृत्यु र २९ जना बेपत्ता रहेको प्रहरीले बताएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img