spot_img

अन्तर्राष्ट्रिय योग दिवसःहिमाली जिल्ला डाेल्पामा पनि विभिन्न कार्यक्रम गर्दै मनाइदैँ,याेग शिक्षालाइ पाठ्यक्रममा समाबेश गर्ने सरकारकाे लक्ष्य

spot_img

काठमाडाैँ,अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मुलुकभर विभिन्न कार्याक्रम गरेर मनाइएकाे छ। यसैबिच हिमाली जिल्ला डाेल्पामा पनि नवौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । जिल्ला सदरमुकाम दुनै बजारमा आयुर्वेद स्वास्थ्य केन्द्रकाे  आयोजनामा याेग प्रशिक्षण शुरू भएकाे हाे ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला समन्वय समितिको प्राङ्गणमा असार ६ गते अर्थात बुधबार बाट शुरू भएकाे कार्यक्रम १२ गते सम्म चल्ने र योग प्रशिक्षक शिव प्रसाद गौतम द्वारा सहभागीहरुलाई १ हप्ता सम्म योग प्रशिक्षण दिने आयुर्वेद स्वास्थ्य केन्द्र दुनै डोल्पाका कार्यालय प्रमुख दीपेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

प्रमुख उपाध्यायले थपे” योग स्वास्थ्यको लागि निकै महत्त्वपूर्ण शारीरिक र मानसिक व्यायाम भएकोले सहभागीले सात दिने प्रशिक्षण कार्यक्रमबाट सिकेर आगामी दिन अन्यलाई सिकाउने आशा रहेको छ।” पछिल्लो समय डोल्पामा पनि योग गर्ने ईच्छा भएको तर योग कसरी गर्ने भन्ने तवरतरिकाहरू कत्तिले थाहा नपाएको हुदा सहभागीहरुले सात दिने प्रशिक्षणबाट ज्ञान लिएर अरुलाई पनि सिकाएर निकट भविष्यमा याेग अभ्यासले व्यापकता पाउने बिश्वास रहेको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख उपाध्यायकाे भनाइ छ।

योग अभ्यासका लागि नेपाल सुन्दर भूमि रहेको र विश्वभरका अध्येताहरुका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको सरकारकाे भनाइ छ । प्रधानमन्त्री दाहालले याेग दिवसकाे अवसरमा योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् । यो विषय प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य बताएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img