प्रदेश मन्त्री विश्वकर्माकाे पहिलाे गृहजिल्ला भ्रमणमा भनिन्ः”सारांश बजेट हाेइन पूर्ण राताेकिताव आउन्जेल कुर्दिनुस्”
मन्त्री विश्वकर्माद्वारा गाउँमै बनेकाे नयाँ विद्यालय भवनकाे उद्घाटन
डाेल्पा,कर्णाली प्रदेशकी जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला बिश्वकर्माले त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर ३ मा पर्ने नव निर्मित विद्यालयकाे भवनकाे उद्घाटन गर्नुभएकाे छ। असार ३ गते मन्त्री भएपछि पहिलाे पटक जिल्ला भ्रमणमा रहेकि मन्त्री विश्वकर्माले ४ गते उहाँकै घरसमेत रहेकाे जिउँ गाउँमा पर्ने महादेव आधारभुत विद्यालयकाे उद्याटन गर्नु भएकाे हाे ।
भवनकाे उद्घाटन गर्दै मन्त्री विश्वकर्माले जिल्लामा शिक्षा क्षेत्रकाे पूर्वाधारकाे विकासमा विशेष ध्यान केन्द्रीत भएकाे बताउँनु भयाे । गाउँमै सुविधासम्पन्न विद्यालय भवनकाे उद्घाटन गर्न पाउँदा खुशि भएकाे बताउँदै केहि पूर्वाधार कमि भए बनाउन बजेटकाे व्यवस्था गर्ने बाचा गर्नुभयाे ।
मन्त्री विश्वकर्माले फरक प्रसंगकाे चर्चा गर्दै प्रदेश सरकारकाे पूर्ण बजेटकाे दस्तावेज राेताे किताव कुर्न आग्रह गरिन्। विशेषगरी उनी बजेट निर्माण भएपछि जिल्लामा पुगेपछि जनताले बजेट बनाउनु भन्दा पहिले आउनु पर्नेमा पछि आएकाे भन्दै प्रत्यक्ष देखि सामाजिक सञ्जालमा विराेध जनाएका थिए । त्यहि प्रश्नकाे जफाल दिदैँ मन्त्री विश्वकर्माले अहिले नै मेराे बजेट परेन,याे याेजना परेन,त्याे परेन भन्दा पनि राेताेकिताव आएपछि विस्तृप्त जानकारी हुने दावी गरिन्। पहिलाे पटक मन्त्री भएकाेले अनुभवकाे संगालाे पनि भएकाे र धेरैकाे माग अनुसार आवश्यकता अनुसारकाे बजेट विनियाेजन गरेकाे मन्त्री विश्वकर्माकाे दावी थियाे ।
विद्यालयकाे नयाँ पक्कि भवनकाे उद्घाटन समाराेहमा जिल्ला समन्वय प्रमुख,प्रमुख जिल्ला अधिकारी,सामाजिक विकास कार्यालय प्रमुख,वडा अध्यक्षहरू लगाएतकाे सहभागिता रहेकाे थियाे ।
विद्यालयकाे भवन सामाजिक विकास कार्यालय मार्फत ४० लाखमा ४ काेठे सुविधा सम्पन्न पक्कि भवन निर्माण भएकाे र छतमा जस्ता प्रयाेग भएकाे जानकारी दिनुभयाे । विद्यालयकाे वरीपरी घेरावार र केहि मर्मत सम्हारका लागि बजेट आवश्यक रहेकाे विद्यालयका प्राध्यानाध्यापक राम गुरूङले बताउँनु भयाे । अवका दिनमा पूर्वाधारकाे हकमा विद्यालय धेरै हदसम्म पूर्ण भएकाले गणस्तरीय शिक्षामा जाेड दिने गुरूङकाे भनाइ छ ।