spot_img

आईसीसी विश्वकप छनोटः नेपालले आजसम्मकै ठुलाे म्याच खेल्दै,दुई पटकको विश्व विजेता वेस्ट इन्डिजको सामना गर्दै

spot_img

काठमाडौँ,नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै यसमा गौरव गर्नुपर्ने क्रिकेट समीक्षकहरूले टिप्पणी गर्ने गरेका छन् । यस प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img