spot_img

विदेश जानेलाई नक्कली पिसिआर रिपोर्ट दिने ह्याम्स र स्टार अस्पतालमाथि छानविन सुरू

spot_img

काठमाडाैँ,काठमाडौंका ह्याम्स लगायतका केही अस्पताल र निजी ल्यावहरुले पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुल्न आएको छ। काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पताल, सानेपामा रहेको स्टार अस्पतालले पिसिआरको नक्कली रिपोर्ट दिने गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर उनीहरुमाथि छानबिन गर्न र कारबाही गर्न समेत भनेको छ।

यी अस्पतालले कोरोनो पोजेटिभ रिपोर्ट आएपनि विदेश जानेहरुलाई नेगेटिभ दिने गरेको खुल्न आएको छ। नक्कली रिपोर्ट लिएर गएका यात्रुहरु हङकङ्ग र युएइ पुगेपछि यी अस्पतालको रिपोर्टमाथि पर्यटन मन्त्रालयले छानबिन थालेको हो।

मन्त्रालयले लेखेको अति गोप्य पत्र सेतोपाटीलाई प्राप्त भएको छ। त्यस्तै सुरिया हेल्थ केयर, सेन्ट्रल डाइनोष्टिक ल्यावोटरीले पनि ह्याम्स अस्पताल र स्टार अस्पतालको बाटो पछ्याउँदै पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुल्न आएपछि अनुसन्धानका लागि पत्र काटिएको पर्यटन मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

यी अस्पताल र ल्यावहरुकै कारण नेपाल एयरलाइन्स हङकङ्ग, युएइ सहितका केही देशहरुमा उडान प्रतिबन्धमा परेको छ।हङकङ्ग सरकारले त नेपाल एयरलाइन्सलाई ३ पटक प्रतिबन्धमा पारिसकेको छ।

पर्यटन मन्त्रालयले काटेको पत्रमा ह्याम्स, स्टार लगायतका यी ल्यावहरुले स्वाव नै संकलन नगरी विदेश जानेहरुलाई रकम लिएर पिसिआर रिपोर्ट दिने गरेको उल्लेख छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img