spot_img

ठुलीभेरी नगरपालिका डाेल्पाद्वारा नीति तथा कार्यक्रम प्रस्तुतःसंघ र प्रदेशबाट प्राप्त हुने नियमित बजेट पनि कटाैँति भएपछि विकास खुम्चने आसंका( पूर्णपाठ सहित)

spot_img

 पूर्ण सार्की,डोल्पा

डोल्पाको ठुली भेरी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार नगरपालिकाका नगरप्रमुख श्वबर्ण बुढाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नगरप्रमुख बुढाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा १५ जना वडा अध्यक्ष तथा सदस्यहरुले आफ्नो भनाइ राखेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममा दफावार छलफल समेत भएको थियो ।

नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए । कार्यक्रममा संसदीय अभ्यास अनुसार नगर प्रमुखले समय दिने र वडा अधक्ष्य तथा सदस्यहरुले समय लिएर नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए ।

‘समृद्ध नगर, सुखी नगरवसी’ दिर्घकालीन सोचअनुरुप शिक्षा, स्वस्थ्य, कृषि, आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादन लक्षित नीति तथा कार्यक्रम ल्याइएको छ ।नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बुढाले ठुली भेरीलाई स्वच्छ, सफा र हरियाली तथा घुम्नलायक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए ।

त्यस्तै एक गाउँ एक उत्पादन कार्यक्रम र एक घर एक बगैंचा अवधारणालाई जोड दिइने, पर्यटन प्रवर्द्धनका लागि नगरपालिकामा आगन्तुक सूचना केन्द्रको स्थापना गरिने, स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी स्याक नेपालको सहजीकरणमा बनाइएको शिक्षा नीति, बाल संरक्षण नीति र आकस्मिक शिक्षा योजना यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै नगरभित्रका स्वास्थ्यचौकीहरुको भौतिक पूर्वाधारमा स्तरोन्नति गरिने, नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच अभिवृद्धि गरिने, नगरभित्रका सडकहरुको आईई, ईआइए र डीपीआरका लागि आवश्यक बजेट छुट्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमको पू‍र्णपाठः

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img