spot_img

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले बजेट पठाउँदैछ,प्रधानमन्त्री

spot_img

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले आवश्यक बजेटको प्रबन्ध गरी स्थानीय तहमा पठाउने प्रक्रिया अघि बढाइसकेको बताएका छन् ।प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अमितलाल राजवंशीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले देशभरि प्राविधिक राखेर लम्पी स्किन नियन्त्रणको प्रयास गरिरहेको बताए ।

‘लम्पी स्किन रोग नेपालमा पहिलो पटक व्यापक रूपमा फैलिएको अवस्था रहेको छ । रोग लाग्न नदिन र लागेका पशुहरूलाई उपचारका लागि सरकारले प्राविधिकहरू परिचालन गरेको छ । सातै प्रदेशमा अलग–अलग टोली परिचालन भएको छ,’ उनले भने, ‘रोग नियन्त्रण र उपचारका लागि संघीय सरकारबाट बजेट विनियोजन गरी स्थानीय तहमा पठाउने प्रक्रिया अघि बढेको छ ।’

उनले लम्पी स्किन रोग नियन्त्रणकालागि क्वारेन्टाइन व्यवस्थापन, जनशक्ति व्यवस्थापन र उपचार व्यवस्थालाई थप सुदृढ गरेर लैजाने बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img