नगर प्रमुखकाे नीति तथा कार्यक्रम देखि बजेट लाेकप्रिय बनाउनेमा जाेड तर कार्यन्वयनमा भने चुनाैँति
रूपक कुलाल,ललितपुर
ललितपुरकाे महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ । शनिबार तेस्राे नगरसभामा नगर प्रमुख हरिगाेविन्द श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे। नीति तथा कार्यक्रममा पूर्वाधार,सामाजिक तथा आर्थिक विकासका उदेश्य हाशिल गर्ने लक्ष्य लिइएकाे छ।
“स्वच्छ,सफा,समृद्द,सुन्दर महालक्ष्मी नगर” मुल नारा हसितकाे नीति तथा कार्यक्रममा सबै जसाे क्षेत्रलाइ समेटिएकाे छ। मुख्यगरी नगरपालिकाकाे प्रशासकिय भवन निर्माण र वडा नम्वर १ काे बहुउदेश्यीय भवन निर्माण आगामी आर्थिक वर्षसम्म सम्पन्न गर्ने, निर्माण हुन बाँकि वडा कार्यालयहरूका भवनहरू निर्माण गर्ने,खानेपानी याेजनाहरूलाइ थप व्यवस्थित गर्ने,सडक निर्माणका पूर्वाधारहरूकाे निर्माण गर्ने लगाएतका महत्वपूर्ण याेजनाहरू अगाडी सारिएकाे छ।
यस्तै स्वास्थ्य क्षेत्रमा मेयरसँग जनताकाे स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, शिक्षा क्षेत्रलाइ उच्च प्राथमिकता दिँदै बालबालिकालाइ विद्यालय ल्याउने,सिकाउने र टिकाउने नारा दिएर अभियान नै सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सम्पूर्ण महिला सबैभन्दा पहिला भन्ने नारासहित एकल,विपन्न तथा पिछडिएका महिलाकाे सशत्तिकरणमा जाेड दिने,महिला तथा बालबालिकासँग उपप्रमुख कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख।
उद्यमीकाे साथमा नगर प्रमुख अभियानमा जाेड,धार्मीक र सांस्कृतिक जगेर्ना र संरक्षणका लागि हाम्राे सम्पदा,राम्राे सम्पदा कार्यक्रम सञ्चालन गर्ने सहित सुशासनमा विशेष जाेड दिने नीति तथा कार्यक्रममा उल्ललेख छ। नगर प्रमुख श्रेष्ठले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा उपस्थित नगरसभा सदस्यहरूले राय र सुझाव राखेका थिए । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ भाेलि ल्याउने जानकारी दिएकाे छ।
तेस्राे नगरसभाका केहि दृश्यहरूः

नीति तथा कार्यक्रमकाे पूर्णपाठ हेर्नुहाेस्ः





















