spot_img

मुड्केचुला गाउँपालिकाकाे दोश्रो सार्वजनिक सुनुवाई सम्पन्न

spot_img

पूर्ण सार्कि, डोल्पा
हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाको दोश्रो सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
गाँउपालिकाको आयोजनामा गाउँपालिकाकाे केन्द्र नर्कुमा सार्वजनिक सुनुवाइ सम्पन्न भएकोे हो ।
कार्यक्रममा गाउँपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरिएको थियो ।
मुड्केचुला गाँउपालिकाका अध्यक्ष दत्त बहादुर शाहिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुखको उपस्थित नभएपछि विशेष अतिथि बाट नै कार्यक्रमको शुभारम्भ गरीएको थियो ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य गोपाल विकले सार्वजानिक सुनुवाई हुनुभन्दा एकसाता अगाडिनै बजेटसहितको कार्यक्रम दिएर मात्र सवाल जवाफ गर्नुपर्ने बताए। गाउँपालिकाले सार्बजनिक सुनुवाई गर्दै गर्दा कसैलाई खबर नगरेको भन्दै आक्रोश समेत पोखे ।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष शाही ले आफु गाउँपालिकाको समृद्धि र विकासका लागि अहोरात्र खटिरहेको बताए ।
गाउँपालिकाको समग्र विकास आफु लगायत सम्पूर्ण जनप्रतिनिधि कर्मचारीको काँधमा मात्र नभइ राजनीतिक दल, पत्रकार,सरोकारवाला निकाय सबैको साथ सहयोग हुनुपर्ने बताए ।
गाउँपालिकाकाे विषयमा पिठ्युँ पछाडि चर्को आलोचना गर्ने हरु सार्बजनिक सुनुवाई कार्यक्रममा आएर सीधा प्रश्न गर्नु पर्ने बताए । साथै अध्यक्ष शाहीले आईतवार गाउँपालिकाकाे नयाँ आर्थिक वर्षको बजेट पारित हुने भएकोले सम्पूर्णलाई स्थानीयवासी तथा सरोकारवाला निकायलाई उपस्थित हुनको लागि आग्रह समेत गरेका छन्।

त्यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिर्थराज महताराले सुनुवाइका क्रममा उठेका सवालको जवाफ दिँदै गाउँपालिकाकाे समृद्धिका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा आगामी दिनमा यस्ता कार्यक्रमहरु पारदर्शी हिसाबमा गाउँ–गाउँमा पुगेर सरोकारवालाको उपस्थितिमा मात्र सम्पन्न हुनुपर्ने स्थानीयले सुझाव दिएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img