spot_img

महालक्ष्मी नगरपालिकाद्वारा आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्व ७ कराेड ३३ लाख ५७ हजार ५ सय ३० रूपैँया बराबरकाे बजेट प्रस्तुत

spot_img

रूपक कुलाल,ललितपुर

ललितपुरकाे महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्व ७ कराेड ३३ लाख ५७ हजार ५ सय ३० रूपैँया बराबरकाे बजेट प्रस्तुत गरेकाे छ। इमाडाेलमा जारी २ दिने तेस्राे नगरसभाकाे पहिलाे दिन नीति तथा कार्यक्रम प्रस्तुत गरिएकाे थियाे भने दाेस्राे दिन बजेट प्रस्तुत गरिएकाे थियाे । शनिबार तेस्राे नगरसभामा नगर प्रमुख हरिगाेविन्द श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे भने बजेट उपप्रमुख लक्ष्मी महर्जनले प्रस्तुत गर्नु भएकाे थियाे ।

नगरसभाबाट पारित भएकाे कुल बजेट मध्धे चालु तर्फ ६३ कराेड,९२ लाख,१९ हजार ५ सय ३० र पुँजिगततर्फ १ अर्व ४२ कराेड ९१ लाख ३८ हजार रहेकाे छ भने वित्तिय व्यवस्थापन मार्फत ५० लाख प्रस्तुत गरिएकाे छ ।

बजेटकाे भरपुर सदुपयाेग गरेर “स्वच्छ,सफा,समृद्द,सुन्दर महालक्ष्मी नगर” मुल नारालाइ साकार पार्ने जनप्रतिनिधिहरूकाे प्रतिवद्दता रहेकाेक छ । नीति तथा कार्यक्रममा सबै जसाे क्षेत्रलाइ समेटिएकाे छ। मुख्यगरी नगरपालिकाकाे प्रशासकिय भवन निर्माण र वडा नम्वर १ काे बहुउदेश्यीय भवन निर्माण आगामी आर्थिक वर्षसम्म सम्पन्न गर्ने, निर्माण हुन बाँकि वडा कार्यालयहरूका भवनहरू निर्माण गर्ने,खानेपानी याेजनाहरूलाइ थप व्यवस्थित गर्ने,सडक निर्माणका पूर्वाधारहरूकाे निर्माण गर्ने लगाएतका महत्वपूर्ण याेजनाहरू अगाडी सारिएकाे छ।

यस्तै स्वास्थ्य क्षेत्रमा मेयरसँग जनताकाे स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, शिक्षा क्षेत्रलाइ उच्च प्राथमिकता दिँदै बालबालिकालाइ विद्यालय ल्याउने,सिकाउने र टिकाउने नारा दिएर अभियान नै सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सम्पूर्ण महिला सबैभन्दा पहिला भन्ने नारासहित एकल,विपन्न तथा पिछडिएका महिलाकाे सशत्तिकरणमा जाेड दिने,महिला तथा बालबालिकासँग उपप्रमुख कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख।

उद्यमीकाे साथमा नगर प्रमुख अभियानमा जाेड,धार्मीक र सांस्कृतिक जगेर्ना र संरक्षणका लागि हाम्राे सम्पदा,राम्राे सम्पदा कार्यक्रम सञ्चालन गर्ने सहित सुशासनमा विशेष जाेड दिने नीति तथा कार्यक्रममा उल्ललेख छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img