“सबै क्षेत्रकाे विकास गरेर मुड्केचुला गाउँपालिकालाइ एक नमुना गाउँपालिका बनाउँछाैँ” अध्यक्ष,दत्तबहादुर शाही

संविधान जारी भएपछि मुलुक संघीयतामा गयो । स्थानीय निकायले जनप्रतिनिधि पाएको पनि साढे ३ भैसकेकाे छ । निर्वाचित जनप्रतिनिधिहरुबाट जनताले थुप्रै आशा र भरोसा गरेका थिए । सरकारले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको नारा पनि लगाएको छ तर के सरकारले भने झै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको छ त ? के गरिरहेको छ त विटक जिल्लाका स्थानीय सरकारहरु ? यस्तै प्रश्नको जवाफ खोज्न पत्रकार रुपक कुलालले डोल्पाको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीसँग गरेको कुराकानी संक्षिप्तमा ।

  • तपाइ एक युवा जनप्रतिनिधि त्यसमाथि पनि  विकट हिमाली जिल्लाकै विकट गाउँपालिकाको नेतृत्व गरिराख्नु भएको छ । तपाई स्थानीय तहको जनप्रतिनिधि भैसकेपछि चुनावी बाचा अनुसार काम गर्नु भएकाे छ त ? चुनावमा घाेषणा गरेका एजेण्डा कति पुरा भए कति बाँकी छन् ? 

हजुर धन्यवाद तपाईले शुरुमै गम्भिर विषय उठान गर्नुभो । सर्व प्रथम त म कलिलै उमेरमा चुनावमा हाेमिनु पर्ने भयाे । चुनावमा हाेमिदैँ गर्दा विशेषगरी हामीले मुड्केचुलाकाे भाैगाेलिक अवस्था र आवश्यकताहरूलाइ मध्यनजर गरेर हामीले चुनावी एजेण्डा बनायाैँ। यी चुनावी बाचा पुरा गर्ने क्रममा म सदैव लागि राखेकाे छु । याे कस्ताे छ भन्दा कुनै एजेण्डा छाेटाे समयमा पुरा गर्ने खालका थिए भने कुनै लामाे समय लाग्ने पनि थिए । साढे ३ वर्षकाे अवधिमा पुरा गर्नु पर्ने साना र मध्यम खालका एजेण्डा  पुरा भएका छन् भने बाँकी ५ वर्षमा सम्पन्न गर्ने एजेण्डाकाे काम निरन्तर जारी छ । चुनावी बाँचा पुरा गर्न म दिनरात आफैँ लागि परेकाे छु ।

  • साना र मध्यम खालका चुनावी एजेण्डा पुरा गरे भन्नु भाे, तपाइकाे गाउँपालिकामा बेराेजगारीकाे अवस्था के छ ? गाउँपालिकाले युवाहरूलाइ स्वराेजगार बनाउँन के कस्ता कदमहरू चालेकाे छ ?

युवाहरूलाइ स्वराेजगार बनाउँने कुरामा गाउँपालिका र म स्वयम पनि लागिरहेकाे छु । म आफैँ पनि युवा भएकाेले युवाहरूकाे समस्याका विषयमा विशेष ध्यान केन्द्रीत गरेकाे छु । गाउँपालिका भित्र युवाहरूका धेरै समस्या छन् । हामिले युवाहरूका समस्याहरूलाइ मध्यनजर गर्दै शिक्षा,स्वास्थ्य,कृषी र राेजगारी लगायतका विषयमा सकेकाे काम गरेकाे छु ।

  • हामि विषय गत प्रश्न गर्छु तपाइलाइ,शिक्षा क्षेत्रमा उलेख्य काम गरेकाे छु भन्नुभयाे ? तपाइकाे गाउँपालिकाकाे शैक्षिक क्षेत्रमा के के काम गर्नुभएकाे छ  त ?

हजुर,हामिले पहिलाे कुरा त शिक्षा क्षेत्रमा उलेख्य ध्यान दिएका छाैँ । शिक्षा प्राप्तिपछि मात्रै राेजगारी मिल्ने भएकाले पनि हामीले शिक्षामा जाेड दिएका छाैँ । शैक्षिक क्षेत्रकाे गुणस्तर विकासमा लागि हामिले सबैकाे आर्थिक अवस्था न्युन भएका विद्यार्थीहरूलाइ अनुदानकाे व्यवस्था गरेका छाैँ । जस्ताे विपन्न र जेहेन्दार विद्यार्थीका लागि कक्षा १ देखी १० सम्म वार्षीक १० हजार अनुदान दिने गरेका छाैँ । यस्तै प्रमाणपत्र तह पढ्नेलाइ ३ लाखसम्म,डिप्लाे त्यसभन्दा माथिकालाइ ६ लाखसम्म,लाेकसेवा तयारी गर्ने विद्यार्थीका लागि प्रतिव्यक्ति ५० हजार रूपैँया अनुदानकाे व्यवस्था गरेका छाैँ । त्यतिमात्र हाेइन डाक्टर पढ्नेकाे हकमा छात्रवृत्ति नाम निकाले गाउँपालिकाले २० लाखसम्मकाे सहयाेग गर्ने व्यवस्था गरेका छाैँ । गाउँपालिका भित्रका १४ विद्यालयहरूकाे भाैतिक संरचना पुर्णरूपमा निर्माण गरिसकेका छाैँ । निमावि ३ र मावि ३ वटा विद्यालयमा कम्युटर शिक्षाकाे समेत व्यवस्था गरेकाछाैँ।

  • गाउँपालिकामा सञ्चारकाे अवस्था कस्ताे छ ? भाैगाेलिक विकटताका कारण सञ्चार सुविधाबाट बञ्चित भएकाे जनगुनासाे सुनिन्छ,तपाइले केहि पहल गर्नु पर्दैन ?

तपाइले गर्नुभएकाे प्रश्न ठिक हाे । भाैगाेलिक विकटताका कारण सञ्चारकाे सुविधा पाउँन कठिन छ । तपाइकाे हाल १ उटा मात्र टावर छ त्यसले काम राम्राेसँग नगरेकाे अवस्था छ । यही समस्यामलाइ मध्यनजर गर्दै गाउँपालिकाकाे पहलमा २ वटा टावर निर्माण हुँदै छन् । गाउँपालिकाकाे कालिकाकाे पातियल्ना र अाेक्टलेकमा नेपाल टेलिकमकाे टावर चाँडै निर्माण हुँदैछ । यसले केहि हदसम्म सञ्चारकाे समस्या समाधामन हुने मेराे विश्वास छ ।

  • विकासको मुल आधारनै सडकलाई मानिन्छ तपाइकाे गाउँपालिकासम्म सडक सञ्जालले छाेएकाे छ कि छैन तपाइकाे कार्यकालभित्र सबै वडामा सडक पुग्छ त ?  

तपाइले राम्राे पश्न उठाउँनु भाे डाेल्पाजिल्ला आफैँमा भाैगाेलिक हिसावले विकट त्यसमाथि पनि सडकका हासावले सबैभन्दा ठडिएकाे गाउँपालिका मुड्केचुला हाे । डाेल्पा सदरमुकाम जाेड्ने सडकले मुड्केचुलालाइ छाेएकाे छ तर गाउँपालिका भित्र सबैतिर सडक पुग्न सकेकाे छैन । त्रिवेणीदेखी सडक जाेड्ने प्रयास भएकाे थियाे तर गाउँपालिका र जनताले कुटाे कुदालाेले सडक खन्न सम्भव भएन । हाम्राे पहिलाे प्राथामिकतामा रहेपनि हाम्राे पहलमा प्रदेश सरकारले हाल ३७ कराेडकाे टेण्डर खाेलेर छानविनकाे प्रकृयमा छ । गाउँपालिकाले त्रिवेणीबाट ट्राक खाेलेर मेसिनहरू लगेर १,२ र ३ नम्वर वडामा सडक पुर्याइसकेका छाैँ ।  गाउँपालिकाले के गर्दै छ त भन्दा जुम्लादेखी गाउँपालिकासम्म सडक खाेल्ने काम गरिरहेकाे छ । वडा नम्वर ८ मा पुगिसकेकाे छ भने वडा नम्वर ९ र ७ मा जाेड्ने क्रममै छ । चाडै सडक सञ्चालले मुड्केचुला जाेडिन्छ हामि विश्वस्त छाैँ ।

  • गाउँपालिका भित्र खानेपानी र स्वास्थ्यकाे अवस्था कस्ताे छ ? 

गाउँपालिका भित्र खानेपानीकाे त्यति समस्या छैन । हामिले १ घर एक धाराे कार्यक्रम अघि सारेका छाैँ,यसले सबै वडातिर पुर्णता पाउँदै छ । गाउँपालिकाबासीले शुद्द खानेपानीबाट बञ्चीत छैनन् । स्वास्थ्यकाे कुरा गर्दा गाउँपालिका भित्रका ८ वटै वडामा आधारभुत स्वास्थ्य सेवा उपलब्ध छ । स्वास्थ्य चाैकीमा ल्यावकाे पनि व्यवस्था छ । भिडियाे एक्सरे र एक्सरे सम्मकाे उपचारकाे पहुँचमा जनता छन् ।

  • कृषि क्षेत्रका आत्मनिर्भर बन्नका लागि गाउँपालिकाले के गरिरहेको छ ? किसानहरुलाई आत्मनिर्भर बनाउन कस्ता पहलहरु भएका छन् त ?

कृषिका कुरा गर्दा मुड्केचुलाकाे माटाे तपाइकाे सुन्ताला र पहाडकाे स्याउँ फल्ने ठाउँ हाे । कृषियाेग्य जमिन भएकाे मुड्केचुला गाउँपालिका पकेट क्षेत्र छुट्याएर स्याउँ,सुन्ताला,कागति र अाेखर पकेट क्षेत्र घाेषणा गरेका छाैँ। तपाईले भने जस्तो किसानलाई आत्मनिर्भर बनाउने सवालमा हामीले १ गाउँपालिका १ उत्पादन नीति अघी सारेका छाैँ । मुड्केचुला गाउँपालिका भित्र ताेरी र सुर्यमुखीकाे खेती गरेर तेलमा आत्मनिर्भर बन्ने याेजनामा छाैँ । कृषक पशुपालक र लघुउद्दमिललाई १ देखि २ लाख अनुदानकाे व्यवस्था पनि गरेका छाैँ । बजारकाे व्यवस्थापनका विषयमा केही पहल भएका छन् बाँकी हामि गर्दैछाैँ ।

  • डाेल्पा भाैगाेलिक हिसावले विकट भएपनि प्राकृतिक सुन्दरताले भरिपूर्ण मानिन्छ ? तपाइकाे गाउँपालिका भित्र पर्यटकीय सम्भावना कस्ताे छ ? त्यहाँकाे पर्यटन विकासकाे लागि तपाइले के के पहल गर्नुभएकाे छ ? 

तपाइले निकै महत्वपूर्ण प्रश्न उठाउँनु भाे ,तपाइले भनेजस्तै मुड्केचुला गाउँपालिका पर्यटनकाे प्रचुर सम्भावना बाेकेकाे गाउँपालिका हाे । गाउँपालिका भित्र लुकेर रहेकाे  सुप्पाकुना गुफा छ । २ सय ४१ मिटर लामाे गुफा यसलाइ गाउँपालिकाले पर्यटनकाे आधारमानेर बाटाे निर्माणकाे काम समेत सम्पन्न गरेका छाैँ । अर्काे कर्णाली हिमाल पनि छ यहाँसम्म सडक जाेड्ने हाम्राे याेजना छ । विभिन्न तीर्थस्थलहरूकाे बाटाेघाटाे निर्माण देखि भाैतिक संरचना निर्माणमा समेत लागेका छाैँ । पर्यटनबाट निक भविष्यमा मुड्केचुलाले ठुलाे लाभ लिने कुरामा दुइमत छैन । विकासकाे आधार नै पर्यटन बन्छ ।

  • अहिले स्थानीय तहहरुमा भष्ट्राचारको नाममा निकै चर्चामा आएका छन् । तपाईको गाउँपालिकामा चाहिँ सुशासनको अवस्था के छ ?

गाउँपालिका भित्रका कुनै याेजनामा भष्ट्राचार भएकाे छैन । भष्ट्राचार हुन नदिन र राेक्न म आफैँ लागि परेकाे छु । गाउँपालिका भित्रका संघ र प्रदेशका याेजनामा भष्ट्राचार भयाे भनेर अख्तियारसम्म निवेदन पुगेकाे कुरा सुनेकाे छु तर गाउँपालिकाका कुनै याेजनामा भष्ट्राचार भएकाे छैन । हामि हुन नदिने कुरा समेत आम नागरिकलाइ विश्वस्त दिलाउँन चाहन्छु । सुशासनको विषयमा हामी निकै गम्भीर छौं । कसैले प्रश्न गर्ने ठाउँ नै नराख्ने गरी हामी काम गर्न लागिरहेका छौं ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडाैँ,क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ। शनिबार बिहान सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल मार्फत् उनले यो...

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पश्चिम,जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ। आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै...

सोती घटनाका अभियुक्तलाइ १ लाख धरौटीमा छोड्न अदालतकाे आदेश

रुकुम पश्चिम,उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक...

१ करोडमा नागढुंगा-कलंकी सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडाैँ,नागढुंगा-कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएको सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ। चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -