spot_img

भरतपुर महानगरले ल्यायाे छ अर्ब ३१ कराेडकाे बजेट

spot_img

चितवन,  भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आइतबारदेखि सुरु भएको महानगरपालिकाको नगरसभा तथा १३ औं अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले उक्त बजेट पेस गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा १० करोड ७० लाख रुपैयाँ बढी हो । कुल बजेटमा एक अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ ।

भरतपुर महानगरमा आन्तरिक आयको अवस्था भने उत्साहजनक छैन । चालु आर्थिक वर्षको भन्दा ५० करोड रुपैयाँ बढी उठाउने लक्ष्य महानगरले राखेको छ । चालु आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपैयाँ आन्तरिक आय गर्ने महानगरको योजना थियो ।तर हालसम्म ९६ करोड ५८ लाख रुपैयाँ मात्रै आन्तरिक आय भएको छ । आन्तरिक आयमा घर जग्गा रजिष्ट्रेसन र खानी तथा खनिज पदार्थको राजश्व बाँडफाँटको हिस्सा पनि समावेश छ ।

नगरसभामा नीति तथा कार्यक्रम पेस गर्दै महानगरका मेयर रेनु दाहालले खानेपानी तथा ढल निकास सम्बन्धी मेगा योजना ल्याउने घोषणा गरिन् । मुख्य सहरी क्षेत्रमा प्रशोधनसहितको ढल निकासको व्यवस्था हुने उनको नीति तथा कार्यक्रममा उल्लेख छ । यसका लागि संघीय सरकारको सहयोग रहने उनले बताइन् । नारायणी नदीमा सिग्नेचर पुल, भतपुरको तीन ठाउँमा आकाशे पुल जस्ता पुराना योजना पनि यसमा समावेश छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img