रूपक कुलाल,डोल्पा
जिल्लाको उपल्लाे भेगमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका वडा नं.४ स्थित नाम्दो देचेन लापराङ गुम्बाबाट असार ८ गते राती लुटेराकाे समुहले सताब्दी पुराना करोडौं मुल्य पर्ने खरखजाना चाेरी गरेका छन्। गुम्बामा हातहतियार सहित आएका लुटेराहरूकाे समुहले खरखाजाना लुटेकाे स्थानीय आङ्गबहादुर लामाले जानकारी दिए।
लामाका अनुसार ९ गते राती पनि शे-फोक्सुण्डाेकै चाखाङ गुम्बाबाट पुरातात्विक महत्वका बिभिन्न सम्पदाहरूको चोरी भएको छ। स्थानीय लामाले फेसबुकमा समेत लेखेका छन् गुम्बामा रहेका लामाहरुलाई लुटेराहरुको समुहले कुटपिट समेत गरेका छन्। लुटेराहरुको समुह हातहतियार सहित ठुलो मात्रामा भएको हुदा स्थानीय त्रसित बनेका छन् ने लुटेराहरूकाे संख्या धेरै भएकाेले भएका सुरक्षाकर्मी ज्यान जोगाउन धौ धाै परेकाे छ।
उपल्लाे डाेल्पाे क्षेत्रलाइ राज्यको सुरक्षा प्रत्याभुति दिलाउन नसकेर सौतेनी व्यवहार गर्दै आएकाे त्यहाँका स्थानीयकाे आराेप छ। राज्यले सुरक्षाकाे ग्यारेन्टी गर्नुपर्ने स्थानीयकाे माग छ ।
विशेषगरी उपल्लाे डाेल्पाका पाटनहरूमा यार्सागुम्बा पाइने भएकाेले बैशाख देखि जिल्ला देखि जिल्ला बाहिरबाट समेत यार्सागुम्बा संकलन गर्न हजाराैँ मान्छे पाटन मै छन् । सुरक्षाकर्मीकाे उपस्थिति निकै कम छ । यार्सा टिप्ने सिजनमा डाेल्पाका पाटनहरूमा यस्ता किसीमका अापराधिक क्रियाकलाप हुने गरेका छन् ।
घटनाकाे विषयमा बुज्दा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले तत्काल आपतकालिन बैँठक बसेर सटनाकाे सत्यतथ्य छानविनका लागि सुरक्षाकर्मीकाे टाेलि घटना स्थलमा पठाइएकाे जानकारी दिएकाे छ। इन्सपेक्टरकाे नेतृत्वमा सुरक्षाकर्मी खटाइएकाे र पथ सुरक्षाकर्मी समेत परिचालन गरेकाे प्रहरी कार्यालयले जनाएकाे छ।
उपल्लाे डाेल्पाका गुम्बाहरूमा मुर्ती चाेरी र लुटपाटका घटना याे पक्कै पहिलाे हाेइन विगत केहि वर्ष यता उपल्लाे डाेल्पाे क्षेत्रका अधिकांस गुम्बाका मुर्तीहरू चाेरी र लुटपाट भएका छन् । यसरी हराएका मुर्ती युराेप,अष्ट्रेलिया,अमेरीका र बेइजिङ्गमा लस्ट अफ नेपालले सार्वजनिक गरिरहेकाे छ। विगतका अनुसन्धानले अधिकांस घटनामा स्थानीयकाे संलग्नता भएकाे अनुसन्धानले पुष्टि गरेकाे छ। अधिकांस स्थानीय लुटेराहरू जेल बसेर समेत रिहा भइसकेका छन् । प्रहरीले पनि स्थानीयकाे संलग्नता विचा चाेरी हुन असम्भव हुने भन्दै विभिन्न काेणबाट अनुसन्धान गर्ने जानकारी दिएकाे छ।