spot_img

नेपाली सेनाको संख्या कटौती गर्न आवश्यक छैन, रक्षामन्त्री खड्का

spot_img

काठमाडौँ,उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन् । रक्षा मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।नेपाली सेनाले बहुप्रकृतिको जिम्मेवारी बहन गरिरहेको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो । नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने उनले बताए ।

‘संविधानप्रति प्रतिबद्ध एक नेपाली सेनाको संगठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको अवगत नै छ । त्यसैले हाम्रो नेपाली सेनाको संख्या हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु,’ उनले भने, ’हाम्रो राष्ट्रिय सुरक्षा नीतिको विषयमा उठेको विषय छ । त्यस सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौति तथा खतराहरुको सामना गर्नु परिरहेको छ । बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतंकवाद, आर्थिक संकट, महामारी लगायतका सुरक्षा चुनौतीहरुले मानव जीवनमानै कठिनाइ निम्त्याइरहेका अवस्था छन् ।’

उपप्रधानमन्त्री खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यक्ता रहेको पनि औंल्याए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img