काठमाडौँ, पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (सोमबार) उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सो मुद्दा दायर गरेको छ । मुद्दा विशेष अदालतमा दायर गरिएको छ ।
वि.सं. २०७४ साउनदेखि कोषको सदस्य सचिव रहेका ढकालको कार्यकाल गत साल (२०७९) जेठमा सकिएको थियो । उक्त पदमा रहँदा ढकालले डेढ करोड अकुत सम्पत्ति थुपारेको अभियोग अख्तियारले लगाएको छ । अख्तियारका अनुसार ढकालले पदमा रहुन्जेल १ करोड ४४ लाख ११ हजार रुपैयाँ गैरकानुनी (स्रोत नखुलेको) बराबरको सम्पत्ति आर्जन गरेका थिए ।
१ करोड ४४ लाख ११ हजार ७८७ रुपैयाँ बराबरको बिगोदाबीसहित ढकालसिवरुद्ध मुद्दा दायर गरिएको हो । उनीबाट सोही रकम बराबरको जरिवाना समेत असुल गरेर कैद सजाय गर्न माग गरिएको छ ।