spot_img

ड्रेस कि युनिफर्म ?

spot_img

Latin भाषाको Directus  शब्दबाट बनेको  ”  ड्रेस  ( Dress ) ” को नेपाली अर्थ ” पोशाक ” भन्ने हुन्छ । सामान्य अर्थमा पोशाक भन्नाले कुनै पनि ब्यक्तिले पहिरिने वा लगाउने लुगा हो । यो औपचारिक तथा अनौपचारिक दुबै हुन सक्छ  । युनिफर्म ( Uniform ) Latina भाषाको Uniforme र French  भाषाको Uniformis  बाट युनिफर्म ( Uniform ) बनेको हो । जसको अर्थ  सबै अवस्थामा र सबै समयमा समान ( रूप वा चरित्रमा अपरिवर्तित ) रहनु हुन्छ।  यो औपचारिक मात्र हुन्छ ।

सबै युनिफर्महरु ड्रेस हुन तर सबै ड्रेस युनिफर्म हुन सक्दैनन । ड्रेसको प्रयोग सबै ठाउँमा हुन्छ , तर युमिफर्मको प्रयोग निश्चित जिम्मेवारी निर्वाह गर्दा हुन्छ । जस्तो प्रहरिले आफ्नो ड्युटी गर्दा लगाउने जुन प्रहरिको सस्था तथा सम्बम्धित निकायले नियम अनुसार तोकेको हुन्छ । ड्रेस आफ्नो ब्यतिगत चाहना बमोजिम प्रयोग गर्न सकिन्छ तर युनिफर्म सस्थाको नियमले स्पष्ट पारेको हुन्छ । जस्तो कुनै पनि ब्यक्ती ब्यक्तिगत चहना बमोजिम घुम्दा कस्तो ड्रेस प्रयोग गर्ने उसको इच्छा हो । यसमा कुनै पावन्दी हुदैन । तर त्यही ब्यक्ती विद्द्यार्थि हो र पढ्न जान्छ भने र उक्त सस्थाले कुनै निश्चित किसिमको कपडा तोकेको छ भने त्यो युनिफर्म हो ।

हाम्रो समाजमा ड्रेस र युनिफर्म समानार्थी को रुपमा प्रयोग गरेको पनि पाईन्छ । केही हद सम्म त्यो हो पनि तर आन्तर्यमा हेर्दा केही भिन्नता छ । हामिले लगाउने जुन सुकै कपडा ड्रेस हो । तर कुनै पनि सस्था जहाँ हामी सम्बन्धी छौँ र उक्त सस्थाले तोकेको कपडा युनिफर्म हो । स्कुलको ड्रेस अनि आउट ड्रेस भन्ने हामी सबैले सुनेको छौँ र भन्ने पनि गरेका पक्कै छौँ होला ।
युनिफर्म किन चाहिन्छ ?
कुनै पनि सस्था एकजनाले मात्र चल्दैन । सस्थामा जोडिने व्यक्तिहरु विभिन्न पृष्ठभुमि बाट आएका हुन्छन् । धार्मिक , सामाजिक , आर्थिक , लैङ्गिक … आदि इत्यादी । यसरी विभिन्न परिबेशका ब्यक्तिहरुबिच समानता होस भनेर युनिफर्म चाहिन्छ । यसो भनिरहदा समानता किन चाहियो भन्ने पनि लाग्न सक्छ ? तर प्रत्येक ब्यक्तिहरुको आ– आफ्नै खालको आचरण हुन्छ ।
आखाले देखिने फरक हुँदा माथि उल्लेखित विविधतालाइ कारक बनाएर नै आपसी भिन्नता सिर्जना हुन्छ जसले मानिसमा प्रत्यक्ष तथा अप्रत्यक्ष नकारात्मक मानसिक दवाब पर्न जान्छ । जस्तो एउटा वुद्यालयमा पढ्ने विद्य्यार्थिहरुमा विभिन्न प्रकारका हुन्छन । आर्थिक हैसियत अनुसार हामिले लगाउने ड्रेस फरक फरक हुन पनि सक्छ , त्यस्तो हुँदा तुलनात्मक रुपमा एक भन्दा अर्कोको भिन्न ड्रेस हुन्छ , यसरी भिन्न ड्रेस भएकै कारण राम्रो हुनेले नराम्रो हुनेलाइ गिज्याउन सक्छन र नहुने स्वयम् पनि आफै मानसिक दवावमा हुन सक्छ । यस्ता भिन्नता धेरै हुन्छन त्यसैलाइ समान बनाउन पनि युनिफर्म आवश्यक हुन्छ ।

भिन्नताहरुलाइ समान देखाउनुको साथै युनिफर्मले निम्न कुरामा पनि महत्व राख्दछ ।

• आत्मविश्वास वृद्दी गर्दछ । • सुरक्षा प्रदान गर्दछ । • अकर्षक बनाउछ । • पहिचान र परिचय दिन्छ । • अनुशासित बनाउछ । • अपनत्व प्रदान गर्दछ । महत्वहरु धेरै छन , त्यसबारे फेरि चर्चा गरौंला । हामी यहाँ मुख्यतया ड्रेस र युनिफर्मको चर्चा गर्दैछौं ।

के कुनै सस्थाले प्रयोग गर्ने बित्तिकै त्यो युनिफर्म हुन्छ त ?
संस्थागत प्रयोगलाइ मात्र युनिफर्म भन्न पनि सकिन्न , यस्तो भनियो भने युनिफर्म हुनको लागि कपडाको रङ्ग मात्र मिले पुग्छ । तर युनिफर्म हुनको लागि डिजाइन पनि एउटै हुन जरुरी छ । हामिले माथी पनि भनेका छौँ कि रुप र चरित्रमा अपरिवर्तित । भनेको अर्थ हेर्दा रङ्ग मात्र हैन डिजाइन पनि दुरुस्त हुनु पर्छ ।

नेपालिमा भनिन्छ नि “ नानी देखि लागेको बानी , कहिले नजानी “ त्यसैले हामिले युनिफर्मको कुरामा बच्चादेखी नै बानी बसाउन नितान्त जरुरी छ । अनुशाषित ब्यक्ती मात्र साचो अर्थमा सफल हुन्छ । युनिफर्म आफैमा अनुशासन हो ।युनिफर्मलाइ इज्जत गर्न जानेको ब्यक्ती अनुशासित नहुने हुन सक्दैन।

हाम्रो सामान्य चेतनाले भन्छ “ युनिफर्म त हो जस्तो भए पनि हुन्छ “ तर हामी यो बुझ्दैनौ कि त्यही युनिफर्म सङै हामी हाम्रो सन्तानको भविष्य निर्माण गर्दैछौँ । गुणस्तरिय वस्तु बनाएर मात्र हुदैन त्यसको सुन्दर प्याकेजिङ गर्न पनि जान्नु पर्दछ ।
प्रमाणपत्रमा राम्रो अङ्क लेखाउन सफल विद्यार्थी पनि युनिफर्म को सहि छनौट गर्न नजान्दा असफल भएका धेरै उदाहरण पाउन सकिन्छ । त्यसको कारण हो तपाईं हामिले भन्ने गरेको कथन “ ड्रेस त हो चलिहाल्छ “ ।
मैले धेरै त्यस्ता मानिसहरु भेटेको छु जसले डीग्री राम्रो बोकेको हुन्छ तर कोट र टाइको प्रयोग गर्न जानेकै हुदैन । यो भन्दा रिस उठ्ला तर त्यो रिस त्यतिबेला मर्छ जतिबेला आफुले लगाएको ड्रेसमा आफू असहज भएर आफ्नो शत प्रतिशत दिन नसकेर असफल बनिन्छ ।

युनिफर्म तथा ड्रेस आजको दिनमा मानव जिवनमा सफलताको सुत्र जस्तै हो । हरेक व्यक्तिको मुल्याङ्कन उसले लगाउने ड्रेसबाट हुने गर्दछ । सहि स्थानमा सहि ड्रेस तथा युनिफर्मको छनौट नहुदा असफल मात्र हैन ,मानसिक दबाब पनि खेप्नु पर्ने हुन्छ ।

यसका लेखक सुट बजारका सन्चालक तथा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ ,दाङ का सचिव हुन । 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img