घरमा दुई श्रीमति हुँदाहुँदै सल्यानका वडाध्यक्षले अर्काकी श्रीमति भगाएपछि मच्चियाे बबाल

सल्यान, सल्यानमा एक वडाध्यक्षले अर्काको श्रीमति भगाएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ का वडा अध्यक्ष इन्द्र कुमाइले घरमा दुई वटा श्रीमति हुदाहुदै अर्काकी (तेस्रो) श्रीमती भगाएका हुन् । उनले गाउँकै गौरी बोहरा भन्ने महिलालाई भगाएर बिहे गरेका छन् । यो सहित उनको तेस्रो विवाह सम्पन्न भएको छ ।

यसअघि दुईवटी श्रीमति बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमति पनि थपेर तीनवटी श्रीमति बनाएपछि छिमेकीहरुले आलोचना गरेका हुन् । उमेरले उनीहरु दुवैजना ५२ वर्षका छन् । लेकाली अनलाइनमा यो खबर छ । वडाध्यक्षकी पहिलाको श्रीमतिबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।

त्यस्तै विवाह गर्ने तेस्रो महिला गौरी वोहराका पनि ५ बच्चाबच्ची छन् । गाउँमा पहिलेदेखि उनिहरुबच बसउठ हुने गरेपछि विवाह गर्न पुगेका हुन् । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ । उनको नाम समितिमा नछुटाउँदा स्थानीयले पहिलेदेखि नै वडाध्यक्षप्रति शंकाको दृष्टिले हेर्न गरेका थिए । विस्तारै गाउँभरी हल्ला भएपछि बिहे गरेको वडाध्यक्ष ईन्द्र कुमाईले स्वीकार गरे ।

उनले भने, ‘हाम्रो पहिलेदेखि मायाप्रेम बस्दै गयो, गाउँमा सबैले थाहा पाए । उसको श्रीमानले उसलाई मार्ने धम्की दिइरह्यो । उसको घरबाट निकाल्यो, अनि म बिहे गर्न बाध्य भए ।’ उता गौरीका श्रीमान् नोखिराम वोहराले भने अहिले न्यायको लागि भौतारी रहेको बताएका छन् । श्रीमती परपुरुषसँग भागेपछि अब नावालक छोराछोरी कसरी पाल्ने भनेर आफुलाई ठुलो चिन्ता बढेको उनले बताए । उनी कानुनी न्यायको खोजीमा लागेपछि वडाध्यक्षलाई धर्मसंकट परेको छ । यस बिषयमा उनीसँग थप कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडाैँ,क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ। शनिबार बिहान सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल मार्फत् उनले यो...

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पश्चिम,जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ। आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै...

सोती घटनाका अभियुक्तलाइ १ लाख धरौटीमा छोड्न अदालतकाे आदेश

रुकुम पश्चिम,उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक...

१ करोडमा नागढुंगा-कलंकी सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडाैँ,नागढुंगा-कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएको सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ। चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -