spot_img

बालेनको चेतावनी प्याब्सनको प्रतिजवाफ – ‘विद्यालय नै बन्द गरिदिन्छौँ’

spot_img

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) को काठमाडौं महानगर कमिटीले विद्यालय बन्द गर्ने चेतावनी दिएको छ ।

सरकारले कुनै पनि सुविधा नदिएको अवस्थामा एकाएक निजी विद्यालयले सरकारीसरह तलब दिनुपर्ने भन्दै सार्वजनिक गरेको अपिलले निजी विद्यालय समस्यामा परेको प्यब्सनको महानगर कमिटीले यस्तो चेतावनी दिएको हो ।मेयर साहले हिजो बिहीबार सामाजिक सञ्जालमार्फत सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोधसमेत गरेका थिए ।

मेयर साहको भनाइ आएका २४ घण्टा नबित्दै ब्याब्सन महानगर कमिटीका पदाधिकारीले कामपा शिक्षा विभागका कर्मचारीहरूलाई भेटी कामपाले निर्देशन दिएअनुसारको तलब दिन नसकिने बताएको थियो ।प्याब्सन महानगर किमिटीका अध्यक्ष ज्ञानबहादुर महर्जनले भने, ‘बरु विद्यालय बन्द गर्नेछौँ, कामपाले जारी गरेको निर्देशन पालन गर्न सक्दैनौं ।’

कामपाको शिक्षा समितिको निजी विद्यालयको तर्फबाट प्रतिनिधिसमेत रहेका महर्जनले अति विशिष्ट, विशिष्ट र ‘क’ वर्गका विद्यालयले सरकारले तोकेभन्दा पनि बढी तलब दिए पनि अन्य विद्यालयले दिन नसक्ने बताए ।उनले भने– ‘कम्पनी ऐनले तोकेअनुसार तलबको व्यवस्था गरिरहेको छौँ, सरकारीसरह उपलब्ध गराउन सक्दैनौं ।’ उनले शिक्षकको तलब सरकारीसरह कायम गरे महानगरका करिब २ सयभन्दा बढी विद्यालय बन्द हुने जिकिर गर्दै प्रश्न गरे– ‘मासिक २ हजार देखि ५ हजार रुपियाँ शुल्क लिएर पढाइरहेका विद्यालयले कसरी सरकारीसरह तलब दिन सक्छ ?’

कामपाको निर्णयमा प्याब्सन ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउँदै प्याब्सन अध्यक्ष डीके ढुंगानाले कामपाको निर्णयको विषयमा राय सुझाव लिएर मात्र सार्वजनिक अपिल गर्ने जानकारी दिए ।  आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img