spot_img

हिमाली जिल्ला डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

spot_img

डाेल्पा, हिमाली जिल्ला डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। शनिबार जिल्ला सदरमुकाम दुनैमा एक कार्यक्रमका विच डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो।

पूर्णखाेप सुरक्षीत भविष्य “स्थानीय स्राेतकाे उपयाेग स्वामित्व र सहभागिता पूर्ण खाेप जिल्ला हाम्राे प्रतिवद्दता” भन्ने मुल नारा अनुसार मुलुकलाइ पूर्ण खाेप सुनिश्चितता घाेषणा गर्ने सरकाकाे लक्ष्य रहेकाे छ।

साेहि राष्ट्रिय लक्ष्यअनुरुप जिल्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसँगै जिल्लालाई पनि घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नवीर सुनारले जानकारी दिए।

यस कार्यक्रमका लागि कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रतिनिधि लक्ष्मीप्रसाद भट्टराईको उपस्थिति रहेको थियो। भट्टराईले पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक एवं कार्यक्रमका सभाध्यक्ष श्यामबहादुर रोकायलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुमिश्वचर पोख्रेल, जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बुढा, स्थानीय तहका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो। कार्यक्रममा बाेल्ने अधिकांस अतिथिले जिल्ला पूर्ण खाेप सुनिश्चितता घाेषणामा सहयाेग गर्ने सबै निकायलाइ धन्यवाद सहित हाम्रा लागि गर्भकाे विषय भएकाे बताएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img