काठमाडाैँ, एसीसी इस्ट जोन कपको सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । १ सय ८५ रनको लक्ष्य पाएको सिङ्गापुरले केहीबेरमा ब्याटिङ गर्नेछ ।
नेपाल समूह ’ए’ को विजेता र सिङ्गापुर समूह ’बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणमा थाइल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो । त्यस्तै, सिङ्गापुरले इन्डोनेसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो ।सिङ्गापुर हङकङसँग भने ७ विकेटले पराजित भएको थियो । फाइनल खेल भोलि हुनेछ ।