spot_img

रकस्टार रबिन तामाङको निधन

spot_img

काठमाडौँ — कलाकार रबिन तामाङको निधन भएको छ । रकस्टारका रूपमा परिचित उनको मंगलबार निधन भएको हो । उनकी दिदी भगवती तामाङले रबिनको निधन भएको बताएकी छन् । भगवतीका अनुसार रबिनको निधन बूढानीलकण्ठस्थित आफ्नै घरमा भएको हो ।

आफन्तका अनुसार उनको शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पु¥याइएको छ । दर्जनौँ गीत गाएका रविन अभिनयमा पनि उत्तिकै सक्रिय र लोकप्रिय थिए । चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि स्वर दिएका उनी ‘रविन एन्ड द न्यू रेभोलुसन’ ब्यान्डका भोकलिस्ट पनि हुन् । उनले ’छड्के’ चलचित्रमा समेत अभिनय गरेका थिए । सन् २००६ मा उनकै नेतृत्वमा रबिन एन्ड द न्यू रेभोलुसन नामक ब्यान्ड खुलेको हो ।

रबिनको ’मुगलान’ नामक एल्बम निकै नै मन पराइएको थियो । उक्त एल्बममा प्रवासी नेपालीको दुःखसुख समेटिएका गीत समावेश छन् । बेलायती सैनिकका छोरा रबिन सिंगापुरमा सन् १९६३ मा जन्मिएका थिए । बाबुको जागिर सरुवासँगै उनी पनि सानैमा विभिन्न देश पुगेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img