spot_img

“एक जिल्ला,एक जडिबुटी उद्यान”अभियान अन्तरगत महालक्ष्मी नगरपालिका वडा नम्वर-९ काे पँदाली बनमा वृक्षाराेपण कार्यक्रम सम्पन्न

spot_img

रूपक कुलाल,ललितपुर 

ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नम्वर ९ लामाटारकाे पँदाली सामुदायीक बनमा बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकाे “एक जिल्ला,एक जडिबुटी उद्यान”अभियान अन्तरगत वडा कार्यालय र सामुदायीक बनकाे समन्वयमा बृक्षाराेपण कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । यसकाे संरक्षक सिध्दिविनायक कृषि बहुउद्देश्यिय सहकारी संस्था रहेकाे छ।

कार्यक्रममा बाेल्दै ९ नम्वरका अध्यक्ष जयकृष्ण बाेगटीले जडिबुटी उद्यानका लागि वडा भित्र पर्ने पँदाली सामुदायीक बन राेजेकाेमा आयुर्वेद केन्द्र र संरक्षककाे भुमिका लिने सहकारीलाइ धन्यवाद दिए । महालक्ष्मी नगरपालिका वडा नम्वर ९ भित्र अधिकांस बनक्षेत्र हरीयाली भएकाेले जडिबुटीकाे प्रचुर सम्भावना रहेकाे बताए । उनले थपे काठमाडाैँ उपत्यकाकाे नजिकै जडिबुटीकाे प्रचुर सम्भावना बाेकेर र निकट भविष्यमा राज्यलाइ जडिबुटीकाे क्षेत्रमा महत्वपूर्ण याेगदान वडा दिने वडा अध्यक्ष बाेगटीले ब्यक्त गर्नुभयाे ।

कार्यक्रमकाे बारेमा जानकारी दिदैँ वडा सदस्य तथा नागरिक आराेग्य केन्द्र ब्यवस्थापन समिती सदस्य शशिधर पाेखरेलले जडिबुटी उद्यान वडामा ल्याएर ब्यवस्थापन गर्न निकै मेहेनत लागेकाे बताए । बृक्षाराेपबाट निकै सकारात्म कदमकाे सुरूवात भएकाे र जडिबुटी उद्यान कार्यक्रमलाइ वडाले प्राथमिकतामा राखेर अगाडी बढ्ने उहाँकाे भनाइ थियाे।

यस्तै कार्यक्रममा बाेल्दै आयुर्वेद केन्द्रका बरिष्ठ वैद्य नर्वदा चापागाईंले “एक जिल्ला,एक जडिबुटी उद्यान”अभियानलाइ सफल बनाउन भुमिका खेल्ने वडा कार्यालय,वन समिति र सहकारीलाइ धन्यवाद दिइन्। आगामि दिनमा सरकारकाे याे महत्वपूर्ण अभियानलाइ सफल बनाउन निरन्तर भुमिका खेल्ने बैद्य चापागाईंकाे भनाइ थियाे ।

कार्यक्रममा सहकारीका उपाअध्यक्ष उमेश पाेखरेल,वडा सदस्यहरू रामकेशर थापा,सरिता पाेखरेल,लगाए अन्य जनप्रतिनिधि,कर्मचारी र स्थानीयकाे सहभागिता रहेकाे थियाे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img