spot_img

दलित नेता सुकलाल कुलालकाे हत्याकाण्डःमुख्य योजनाकार मध्येका ओमबहादुर शाहीलाइ जिल्ला अदालतले जन्मकैदकाे फैसला सुनायाे,उच्चले सफाइ दियाे अव मुद्दा सर्वाेच्च पुग्दै

spot_img

उच्च अदालत जुम्लाले जिल्ला अदालतकाे फैसला उल्टाएपछि अव मुद्दा सर्चाेच्च पुग्दै

रूपक कुलाल,डोल्पा
वि.स २०७७ साल २ महिना २ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ रल्ली गाउँमा खानामा विष हालेर १ जना दलित नेताको हत्या भएको थियो ।जिल्ला अदालत डाेल्पाले सोहि घटनाका मुख्य अभियुक्त मध्येका एक ओमबहादुर शाही लगाएत अन्य दुइ अभियुक्तलाइ जन्मकैद सहित १ लाख रूपैँया जरिवानाको फैसला सुनाएको थियो ।

तर उच्च अदालत जुम्लाले ओमबहादुर शाहीलाइ सफाइ दिएकाे छ। जिल्ला अदालतले मुख्य अभियुक्त सहित दाेषी ठहर गरेकाे व्यक्तिलाइ उच्चले सफाइ दिएपछि मुद्दा सर्वाेच्चसम्म पुग्ने निश्चित भएकाे छ। शाही जिल्ला अदालतकाे फैसलापछि फरार भएर फेरी जेल परेका थिए। जेल परेकाे करिव १ वर्षमा उच्चले सफाइ दिएकाे छ। मुद्दा सर्वाेच्चमा पुगेपछि भने सर्वाेच्चकाे अन्त्तिम फैसला के हुन्छ हेर्न बाँकी छ। मुद्दा राज्य अाफैँले लड्नेछ।

यसरि भएको थियो घटनाः
वि.स २०७७ साल २ महिना २ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर १ स्थित रल्ली गाउँको जनजिवन अन्यदिन जस्तै सामान्य थियो । सबैजना आःआफ्नै काममा व्यस्त थिए । बेलुकिपख खाना खाएर सुत्ने बेलामा गाउँमा एकाएक कोहल मच्चियो । सोहि नगरपालिकाका स्थानिय बासीन्दा सुकलाल कुलालको घरमा रातको समयमा मच्चिएको हल्लाले सबैजना कुलालको घरमा जम्मा भए । खाना खाने वित्तिकै एकाएक सुकलाल कुलाल र उनका घरमा अन्य सदस्य रुपसी कुलाल र बिन्दु कुलाल समेत बान्ता गर्न थाले । गाउँलले खानामा विष परेको भन्दै नजिकैको स्वास्थ्यचौकिमा लगे । तर त्यहाँपनि उपचार सम्भव नभएपछि जिल्ला अस्पताल दुनै लगियो । लगेको केहि घण्टामै बर्ष ३२ का सुकलाल कुलालको मृतु भयो भने अन्य २ जनालाइ उपचारका लागि नेपालगञ्जमा निको भएका थिए ।

जिल्ला प्रहरी कार्यलय डोल्पाले खानामा विष हालेर आफ्नै जेठानको ज्यानलिने ज्वाइ सहित ३ जनालाइ पक्राउ गरेको थियो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालीका वडा नं. १ रल्लीका बर्ष ३७ का धनबहादुर बुढा, वडा नं १ गल्लीका बर्ष ३० का जयबहादुर कठायत र वडा नं १ रल्ली कै बर्ष ३५ का ओम बहादुर शाही रहेको थिए।

प्रहरी अनुसन्धानबाट खुल्न आएका तथ्यहरू यस प्रकार थिए

घटनाकाे जानकारी पाउँनासाथ त्रिपुरासुन्दरी नगरपालिकामा रहेकाे प्रहरीचाैकीबाट प्रहरीकाे टाेलि घटनास्थलमा पुरेर अनुसन्धान सुरू गरेकाे थियाे ।  अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालयबाट थप टाेलि परिचालित भइ अनुसन्धानले गती लिएकाे थियाे । फलस्वरूप घटनाकाे ३ दिनपछी अर्थात जेष्ठ ५ गते प्रहरीले घटनामा संलग्न रहेकाे आशंकामा ३ जनालाइ पक्राउ गर्याे । पक्राउ परेकाहरूलाइ जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धानइ भइरहेकाे थियाे ।

  • अनुसन्धानका क्रममा अभियुक्त मध्येका एक जना धनबहादुर बुढाले सुकलाल कुलालकाे घरमा पकाएकाे दालमा विष  हालेकाे स्वीकार गरे ।

  • अर्का अभियुक्त जयबहादुर कठायतले विष वनबाट ल्याएको पनि स्वीकार गरेका छन्

  • अर्का अभियुक्त ओमबहादुर शाहीले पैसा दिएकाे अन्य २ अभियुक्तले बिष हाल्न लगाएको बयान प्रहरी समक्ष दिएका थिए ।

  तस्वीर ः  घटनामा प्रयाेग भएकाे विष

तस्वीर ः घटनामा संलग्न अभियुक्तहरूलाइ पत्रकार सम्मेन गरेर सार्वजनिक गरिदैँ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img