सुर्खेत,समाजसेवी जयन्ती थापाकाे सहयाेगमा जिल्लाकाे वीरेन्द्रनगर नगरपालिका –२, मा रहेको सरस्वती माध्यामिक विद्यालय रागसपाइलामा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना भएकाे हाे। हाल अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले विद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना लागि अार्थिक सहयाेग गरेकाे विद्यालयकी प्रधानाध्यापक सरिता शर्माले बताइन् ।
प्रधानाध्यापक शर्माका अनुसार उक्त कोषको रकमबाट विद्यालयमा अध्ययनरत २ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षासम्म अध्ययन गर्न सहयोग पुग्नेछ ।
बिहिवार एक कार्यक्रमका वीच जयन्तीका बुवा धर्मजंग थापाले १ लाख १ हजार १ सय ११ रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर वयलकोटी, वडाध्यक्ष गजबहादुर वुढा, शिक्षक, अभिभावक, छिमेकी विद्यालयका प्रधानाध्यापक लगायतको रोहवरमा विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
जयन्तीका बुवा धर्मजंग आफ्नी छोरीले गरेको समाजसेवाप्रति खुसी र गर्व गर्दै अक्षयकोषबाट जेहेन्दार बालबालिका फाइदा पुग्ने बताए । विद्यालयमा अक्षयकोष स्थापना गर्न पहल गरेकी प्रधानाध्यापक शर्माले आफ्नो विद्यालयलाई गरेको सहयोग प्रति समाजसेवी थापालाई हृदयदेखि नै आभार व्यक्त गदै आगामी दिनहरुमा पनि सहयोग र साथ जारी रहने अपेक्षा राखेकाे बताइन् ।
समाजसेवी थापाले कर्णाली सहित देशका विभिन्न ठाउँहरुमा विद्यालयमा अक्षयकोष सहित विभिन्न सामाजिक कामहरुमा सहयोग गदै आइरहेकी छन् ।
बाँचुन्जेल समाजसेवा
उनले भावी योजना पनि दिन दुःखी र विपन्न वर्गहरुको सेवा गर्ने नै वनाएकी छिन् । ‘जनहितमा काम गर्छु । सेवा नै धर्म हो । विद्धानहरु भन्ने गर्छन कुनै पनि विषयमा सफलता हासिल गर्ने पहिलो खुड्किलो सकारात्मक सोचाई हो । त्यही सकारात्मक सोचाईवाट प्रेरित भएर समाजसेवामै लाग्ने सोचमा छिन् जयन्ती थापा ।



















