कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

सुर्खेत,कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ का ३३ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शुक्रबार बेलुका मृत्यु भएपछि कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले धेरै प्रयास गर्दा पनि उहाँलाई बचाउन नसकिएको बताए । कँडेलले भने, ‘मृतक ज्वरोका कारणले पाँच दिनदेखि स्थानीय मेडिकलमा उपचाररत रहेकोमा अन्तिम अवस्थामा प्रदेश अस्पतालमा भर्ना हुनुभएको थियो ।’

कर्णालीमा हालसम्म सुर्खेतका १०, दैलेखका ४, अन्य प्रदेशका २, डोल्पा, कालिकोट र रुकुमपश्चिमका १र१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या ६५७१ पुगेको छ । त्यसमध्ये ६०१५ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडाैँ,क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ। शनिबार बिहान सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल मार्फत् उनले यो...

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पश्चिम,जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ। आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै...

सोती घटनाका अभियुक्तलाइ १ लाख धरौटीमा छोड्न अदालतकाे आदेश

रुकुम पश्चिम,उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक...

१ करोडमा नागढुंगा-कलंकी सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडाैँ,नागढुंगा-कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएको सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ। चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -