spot_img

प्रेम आले भन्छन् “लिता निवास प्रकरणमा माधव नेपाल दोषी देखिए कारबाही गरे हुन्छ”

spot_img

काठमाडौं,नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ललिता निवास प्रकरणमा पार्टी अध्यक्षसमेत रहेका माधव नेपाल दोषी देखिए कारबाही गरे हुने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘दृष्यमा खप्तड’ कार्यक्रमबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । ललिता निवास प्रकरणमा अध्यक्षको नाम जोडिएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्नुपर्छ। अपराधीलाई जाक्नुपर्छ । उहाँको मात्रै होइन । एमालेको विष्णु पौडेलको नाम उठेको छ । जोसकुै होस् कारबाही गर्नुपर्छ । दोषी देखिएर कारवाही गरे हामी मुर्दावाद भन्दै सडकमा आउँदैनौं ।’

सरकारले अहिले ललिता निवास जग्गा प्रकारणबारे छानविन गरिरहेको छ । सो प्रकरणमा अध्यक्ष नेपालसहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित हाइ प्रोफाइलका व्यक्तिहरुको नाम मुछिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img