spot_img

“अव लाग्नेछ त्रिपुराकाेट बजारमा फाेन अनि चल्नेछ 4G नेट”

spot_img

रूपक कुलाल,डाेल्पा

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर १ मा रहेकाे न्युने डाँडाकाे नेपाल टेलिकमकाे टावर सञ्चालनमा आएको छ । केहि समय पहिले नेटवर्क सञ्चालन रहेकाे टावरमा आजबाट भने फाेर.जी सेवा समेत सञ्चालन भएकाे छ।

नगरपालिकाकाे केन्द्र बगरबजार क्षेत्र लगाएत अन्य गाउँहरू फाेन गर्न नपाउने निकै ठुलाे समस्या थियाे। लामाे समयसम्म पनि टावर निर्माण नहुँदा जनताले सास्ती खेप्नु परेकाे थियाे। अव याे टावर निर्माणपछि भने स्थानीयलाइ ठुलाे राहत मिलेकाे छ।

उक्त टावर निर्माणका लागि शुरूवात दिनदेखिनै कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिरबहादुर शाहीकाे पहल गर्नुभएकाे थियाे ।  नगर क्षेत्रमानै फाेन सेवाकाे असुविधा भएपछि केन्द्रमा निरन्तर पहल गरेर नगरपालिकाकाे त्रिपुराकाेट र दापुमा टावर स्थापना गर्न सफल भएको सांसद शाहीले बताए ।

लामाेसमय देखि निर्माणाधीन नेपाल टेलिकमकाे टावर सञ्चालनमा आएकाे र फाेरजी नेट समेत सञ्चालन भएकाे नगर प्रमुख जनचन्द्र राेकायले जानकारी दिए । मेयर राेकायका अनुसार निर्माण शुरू भएकाे लामाे समयसम्म पनि टावर सञ्चालनमा नआएपछि आफु सहित अन्य जनप्रतिनि र प्रमुख प्रशासकिय अधिकृत जग्दिश चन्द्र नेपाली लगाएतकाे कर्मचारीकाे समेत ठुलाे पहल पहल गरेका थिए।

 त्रिपुराकाेटमा रहेकाे टावर सञ्चालनमा आएपनि दापुमा रहेकाे टावर भने सञ्चालनमा आउन सकेकाे छैन् । यता नेपाल टेलिकम बबरमहल कार्यालयका उप प्रवन्धक प्रेम क्षेत्रीले अव चाँडै अर्काे दापुमा रहेकाे टावर सञ्चालनमा लाग्नुपर्ने क्षेत्रीकाे भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img