spot_img

डाेल्पाकाे ठुलीभेरीका मेयरकै अघि वडा सचिव रेखमान बुढाले कार्यकक्षमै दलित युवा विकमाथि डुम भन्दै मरन्नासन्न हुने गरि कुटपिट गरे

spot_img

घाइते युवाकाे जिल्ला अस्पतालमा उपचार जारी

रूपक कुलाल,डाेल्पा

डाेल्पाकाे ठुलीभेरी नगरपालिकाका मेयर श्ववर्ण कुमार बुढाकाे कार्यकक्षमा एक दलित युवामाथि कुटपिट भएकाे छ। पारिवारिक केस मिलाउने भन्दै मेयरले माझफालका युवा चक्र वि.कलाइ कार्यकक्षमा बाेलाएकाे तर विवाद उत्पन्न भएपछि वडा नम्वर ५ का वडा सचिव समेत रहेका रेखमान बुढाले युवालाइ कुटपिट गरेका हुन् ।

मेयरकै अगाडी जातिय विभेद हुने किसिमले डुम तल्लाे जातकाे भनेर कुटपीट गरेका हुन् । मेयरकै कार्यकक्ष र उनकै स्वकीयले दलित युवालाइ अपशब्द प्रयाेग गरेर कुटपिट गर्नुले मेयरकाे याेजना रहेकाे समेत अासंका गरिएकाे छ। विहिवार बेलुकी मेयरकै अगाडी कुटपिट भएकाे घाइते हुँदा समेत मेयरले चासाे नदिएकाे पिडीत विकले इमान्दार खवरलाइ बताएका छन्।

मेयर बुढाले दुइजनाविच विवाद हुदा झडप भएकाे बताए । घाइते युवाकाे हाल लगाएतका शरिरमा ठुलाे चाेट लागेर अवस्था गम्भिर छ। उनकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे र घटनाकाे अनुसन्धान शुरू गरेकाे प्रहरीले जनाएकाे छ।

भुलसुधार:कुटपिट गर्ने रेखमान बुढा वडा सचिव मात्र भएको मेयरको स्वकीय नभएको बुझ्नमा आएको छ भने झडप मेयरकाे निवासमा भएकाे बुझ्न अाएकाे छ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img