spot_img

मर्निङ वाक गएकाहरूको सिक्री लुट्ने पाँच जना पक्राउ

spot_img

काठमाडौं,नेपाल प्रहरीले श्रृखलाबद्ध रुपमा सुनको सिक्री लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै मोटरसाइकलको प्रयोग गरेर बिहानको समयमा मर्निङ वाकमा हिँडिरहेका महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

घटनाको अनुसन्धानका क्रममा काठमाडौंको विभिन्न स्थानमा लुटपाट गर्न प्रयोग भएको मोटरसाइकलसहित रामेछाप घर भई हाँडीगाउँ बस्ने रविन दमाई, धरान घर भइ चावाहिल बस्ने रवि विश्वकर्मा, काभ्रे घर भइ बानेश्वर बस्ने उमेश क्षेत्री, धनकुटा घर भइ राममन्दिर बस्ने राहुल माझी र भारत घर भइ न्युरोड बस्ने श्रकान्ता माइतीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए।

असार १ गते कपुरधारा, ग्रान्डी चोक, असार ३ गते नागार्जुन बुद्ध चोक, असार १३ गते टोखा विष्णुमती, असार १९ गते टोखा कृष्ण मन्दिर र काठमाडौं बंगलामुखी मन्दिर, असार २० गते टोखा र चागलमा उनीहरूले सुनको सिक्री लुटपाट गरेको खुलेको र सीसीटीभी लगायतका माध्यमबाट अनुसन्धान पछि उनीहरूलाई पक्राउ गरिएको केसीले बताए।

पक्राउ परेका मध्ये एक व्यक्तिले व्यवस्थापनको कार्य गर्ने,अर्को व्यक्तिले चोरीको मोटरसाइकल प्रयोग गर्ने र अर्का व्यक्तिहरूले सुनको सिक्री तानेर भाग्ने गरेको देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूबाट सुनको ढिक्का एक थान, सिक्री लुटपाट गर्न प्रयोग भएको दुई वटा मोटरसाइकल, सुनको नेक्लेस ४७ ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img