spot_img

उपभोक्ता समितिको रकम लुटेको आरोपमा वीरेन्द्रनगरका वडाध्यक्ष विष्ट पक्राउ

spot_img

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्ता समितिको रकम लुटेको आरोपमा विष्टलाई प्रहरीले पक्राउ गरेको हो।

उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेपछि वडाध्यक्ष विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विष्टसहित तीनजनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै समितिका पदाधिकारीहरूले प्रहरीमा उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले उक्त रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्विकारेपछि विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए।वडाध्यक्ष विष्टलाई आइतबार दिउँसो प्रहरीको विशेष टोलीले पक्राउ गरेको प्रवक्ता शाहीले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img