काठमाडौं, मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर छ। यो साताको आइतबारदेखि नै सुन–चाँदीको मूल्य यथावत रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।