spot_img

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

spot_img

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरु आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष दाहाल पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रूपमा सहभागी भएकी थिइन् ।दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img