spot_img

ओली देउवा गोप्य भेटःकांग्रेस प्रवक्ताको प्रतिक्रिया “कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्”

spot_img

काठमाडाैँ,
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने बताएका छन् ।प्रवक्ता शर्माले कांग्रेसलाई जनताले पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश दिएकोले कुनै पनि भड्कावबाट टाढा रहेको बताएका छन्। पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको वेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसद्को दोस्रो ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको कुरा सार्वजनिक भएपछि प्रवक्ता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘बिलकुल निरपेक्ष छौँ । पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौँ, रहनेछौँ। नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौँ । अतः यता या उताको जोड–घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौँ । जय नेपाल !’

शनिबार बालुवाटारमा भएको गोप्य भेटमा प्रधानमन्त्री ओलीले देउवालाई साझेदारीको प्रस्ताव राखेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img