spot_img

डाेल्पामा सबैभन्दा धेरै बजेट प्रस्तुत गर्दै त्रिपुरासुन्दरी नगरपालिकाको नवौँ नगरसभा भव्यरूपमा सम्पन्नः६० करोड ३२ लाख ३७ हजार बराबरको बजेट प्रस्तुत,दिर्घकालिन विकासमा जाेड

spot_img

दिर्घकालिन विकास र याेजनाका गुणस्तरमा विशेष जाेड

डोल्पा,डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको नवौँ नगरसभा समप्न भएको छ । शुक्रबार नगरपालिकाको कार्यालय त्रिपुराकोटमा आर्थिक बर्ष २०८०÷८१ को बार्षिक नीति तथा कार्यक्रम सहित नवौँ नगरसभा सम्पन्न भएको हो । नगर उपप्रमुख देबी घर्तीद्वारा प्रस्तुत आथिर्क आगामी आर्थिक बर्षको नीति कार्यक्रममा संघ,प्रदेशको अनुदान र नगरको आन्तरिक स्रोत सहित गरि कुल ६० करोड ३२ लाख ३७ हजार ६ सय ४५ रूपैँया बराबरकाे बजेट प्रस्तुत गरिएको छ। याे जिल्लामा रहेका ८ वटा स्थानीय तह मध्ये सबैभन्दा धेरै बजेट हाे। आगामी आर्थिक बर्षमा पनि जनतासँग नगर प्रमुख कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

नगरसभाको उद्घाटन कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला मन्त्री उर्मिला विश्वकर्मा र नगर प्रमुख जनचन्द्र रोकायले संयुक्त रुपमा गरेकाहुन् । नगर क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी मन्दिर,मष्टा मन्दिर छल, गल्ली,राजारानी लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार तथा विकासकालागि त्रिपुरासुन्दरी महोत्सव लगाइने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरि नगरका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागुगर्ने,तल्लो कक्षामा अंग्रेजी माध्यामबाट पठनपाठन सुरु गरिने समेत कार्यक्रममा ल्याइएको छ । बाल विहावमुक्त नगरपालिका बनाउने,विपन्न लक्षित कार्यक्रम सञ्चालन गर्ने,बाल न्याय प्रणालीयुक्त नगरपालिका निर्माणकमलागि पहल गर्ने नीति कार्यक्रममा उल्लेख छ । नगरका सम्पूर्ण नागरिकलाई अनिवार्य स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने,सहज सिँचाइको वयवस्था गर्ने,नगर भित्रका शाखा सडकहरुको स्तरउन्नती गरिने,आगामी आव भित्र बाँकी खोलामा कल्भर्ट पुल बनाउने नीति कार्यक्रममा ल्याइएको छ ।
त्यसैगरि त्रिपुरासुन्दरी मन्दिरमा गुरुकुल पाठशाला स्थापना गर्ने समेत नीति कार्यक्रममा ल्याइएको छ ।

संघ र केन्द्रबाट आउने असारे विकास स्थानीय सरकारले कार्यन्वयन गर्न नहुने र स्थानीय सरकारले पनि टुक्रे योजनामा बजेट छुट्याउन नहुने उनले सुझाव दिए ।
त्यसैगरि कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले नवौँ नगरसभा सफलताको शुभकामना दिएकी थिइन् । यससँगै डोल्पामा विकास योजना कम आएको सवालमा प्रष्ट पार्दै मन्त्री विश्वकर्माले सिमित स्रोत साधनका अभावमा आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको प्रष्ट पारिन् ।

नीति तथा कार्यक्रममा सुझाव दिँदै प्रजिअ पोख्रेलले नीति कार्यक्रममा नीति कार्यक्रम ल्याउनु ठुलो कुरा नभई कार्यन्वयनको पाटो महत्त्वपूर्ण रहेको बताए । त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायले हरेक क्षेत्रमा पारदर्शिता कायम गर्नु अपरिहार्य भएकाले सबैभन्दा पहिला नगरसभाको कार्यक्रममा भएको खर्चपर्च सार्वजनिक गर्नुपर्ने बताए ।

नगरसभालाई सभामा समापन गर्दै नगरप्रमुख जनचन्द्र रोकायले थोरै बजेट सम्पूर्ण क्षेत्रमा बजेट समावेश गर्नुपर्ने भएकाले सोचे अनुसार काम गर्न नसकिएको बताए । नगरपालिकाले दिर्घकालिन विकासमा जाेड दिएकाे बताए । नगरपालिकाले याेजनाका गुणस्तरमा अनुगमनलाइ समेत विशेष जाेड दिएकाे जानकारी दिए।

जनप्रतिनिधि भनेका जनताका पहरेदार भएकाले जनताको हित अनुकुल काम गर्नेमा कुनैपनि शंका गर्न नगरप्रमुख रोकायले आग्रह गरे । नगरपालिले जनताको जिविकोपार्जन कार्यक्रममा व्यक्ति,पार्टी नभनि आवश्यकताका आधारमा सहयोग गर्ने बताए । आगामी आर्थिक बर्षकालागि नगरको नीति तथा कार्यक्रममा विभिन्न शिर्षकका बजेट छुट्याएपनि सञ्चार क्षेत्रमा भने कुनै पनि कार्यक्रम ल्याएन् ।

नवौ नगरसभामा विभिन्न राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिहरुले नीति कार्यक्रममाथि टिप्पणी गरेका थिए । नगरसभामा उपस्थितित सभाध्यक्ष,प्रमुख अतिथि र विशेष अतिथि,अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश चन्द्र नेपालीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधि,राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीयबासीको उल्लेख सहभागीता रहेको थियो । कार्यक्रममा बर्षभरीमा कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीहरुलाइ सम्मान गरिएको थियो भने सेवा निवृत्त कर्मचारीलाई समेत सम्मानका साथ बिदाई गरिएको थियो ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img