काठमाडौं,परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाँदैछन्। थाइल्याण्डमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगलाको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी हुन उनी जान लागेका हुन्।
परराष्ट्रमन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल दिउँसो १ ः३० बजे थाइ स्माइल एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ ।बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो । प्रारम्भिक रूपमा यो संगठन ‘बिस्टेक’ (बंगलादेश–भारत–श्रीलंका–थाइल्याण्ड आर्थिक सहयोग) को रूपमा थियो ।
सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भइ यो संगठन अब बिमस्टेकको रूपमा चिनिन्छ ।
कार्यक्रम सकेर मन्त्री साउद मंगलबार स्वदेश फर्कनेछन्।