काठमाडौं,सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।