spot_img

महालक्ष्मी नगरपालिका भित्रकाे खानेपानी समस्याकाे दिर्घकालिन समाधानका लागि मुहानहरूकाे पहिचानमा जुटे जनप्रतिनिधिहरू ( फाेटाेहरू…)

spot_img

रूपक कुलाल,महालक्ष्मी,ललितपुर

ललितपुरकाे महालक्ष्मी नगरपालिका भित्रकाे खानेपानी समस्या समाधानका लागि जनप्रतिनिधिहरू खानेपानीका मुहानहरूकाे पहिचानमा जुटेका छन् । ललितपुर जिल्लाकाे क्षेत्र नम्वर २ मा पर्ने महालक्ष्मी नगरपालिका भित्रकाे खानेपानी समस्याकाे दिर्घकालिन समाधानका लागि जनप्रतिनिधिहरू खानेपानीका मुहानहरूकाे पहिचानमा जुटेका हुन्।

साेमबार ललितपुर क्षेत्र न   २ का  संघिय सांसद प्रेम बहादुर महर्जन,महालक्ष्मी नगरपालिकाका मेयर हरिगोबिन्द श्रेष्ठ,वडा न.८ का अध्यक्ष बिश्वराज श्रेष्ठ,९ न. वडा अध्यक्ष जयकृष्ण बोगटी र १० बडा अध्यक्ष बिजय लामा सहितका जनप्रतिनिधिहरू नगरपालिकाकै वडा नम्वर १० मा पर्ने लाकुरी भन्ज्याङकाे भंगेरीडाेल क्षेत्रमा खानेपानी मुहानहरूकाे पहिचान गर्न अनुगमनका लागि पुगेका थिए। चापाखर्क खानेपानीका अध्यक्ष सुर्यमान श्रेष्ठ लगाएत स्थानीहरू पनि सहभागि थिए।

मुहान पहिचार र निरीक्षणका लागि पुगेका ललितपुर क्षेत्र न.२ का संघिय सांसद प्रेम बहादुर महर्जनले नियमित,शुद्द र सफा खानेपानी जनताकाे आधारभुत आवश्यकता भित्र पर्ने भएकाेले निर्वाचन क्षेत्रभित्रकाे खानेपानी समस्या समाधानका लागि निरन्तर लागि परेकाे बताए । सांसद महर्जनले थपे “मुहानहरूकाे पहिचान गरेर महालक्ष्मी नगरपालिका सहित क्षेत्र नम्वर २ भित्रकाे खानेपानीकाे दिर्घकालिन समस्या समाधानका लागि म निर्वाचित भएदेखिनै लागि परेकाे र अवका दिनमा पनि बजेट व्यवस्थापनका लागि संघ देखि प्रदेश सरकार समक्ष पहल गर्ने प्रतिवद्दता ब्यक्त गर्दछु।

जनप्रतिनिधिकाे टोलि खानेपानीका श्रोतहरूकाे पहिचान र निरीक्षण गर्न वडा नम्वर १० मा रहेका श्रोतहरुकाे खाेजीमा जुटेकाे मेयर हरिगोबिन्द श्रेष्ठले जानकारी दिए। अहिले विशेष गरी महालक्ष्मी नगरपालिका भित्रका वडा भित्रका वडा नम्वर १०,९,८ र ५ भित्रका जनतालाइ नियमित,शुद्द र सफा खानेपानीकाे व्यवस्थाका लागि मुहानहरूकाे पहिचान र संरक्षण गर्न निरन्तर जुटिरहेकाे मेयर श्रेष्ठकाे भनाइ छ। मेयर श्रेष्ठले थपे अाफ्नाे कार्यकालमा नगरपालिका भित्र पूर्वाधार विकास मात्रै नभएर खानेपानीकाे पनि दिर्घकालिन समस्या समाधानका लागि बजेटकाे पनि उचित व्यवस्था गरेकाे र समस्या टार्न दिनरात लागि परेकाे छु।

वडा नम्वर ९ का अध्यक्ष जयकृष्ण बाेगटीले सांसद,मेयर सहित सबै जनप्रतिनिधिहरू नगरपालिका भित्रकाे खानेपानी समस्या समाधानका लागि दत्तचित्त भएर लागि परेकाेले खानेपानीकाे समस्या समाधान चाँडै हुने बताए।

तस्वीरहरूः

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img