काठमाडौं,नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ९.९५ अंकले बढेर ४०४.१० विन्दुमा अडिएको छ।
यसदिन २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता सेयर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँमा खरिदबिक्री भयो।
अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक १२.१६ अंकले बढेको थियो। सो दिन २ अर्ब ३७ करोड ६४ लाख २७ हजार बराबरको सेयर कारोबार भएको थियो।
आज दोहोरो अंकले बढेको सेयर बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बीपीडब्लू लघिवित्त वित्तीय र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
कुमारी धनवृद्धि योजनाको सेयर मूल्य भने ८.३७ प्रतिशतले ओरालो लाग्यो।कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने १ को मात्रै घट्यो। म्युचुअल फन्डबाहेक अन्य उपसमूहको सूचक सकारात्मक देखिएका छन्।आज डेभलपमेन्ट बैंक उपसमूहको सूचक ४.१४ प्रतिशतले बढ्यो।