spot_img

कांग्रेसमा चुनावकाे समयमा अन्तरघात गर्ने केन्द्रीय सदस्य र सांसदहरुविरुद्ध २१ सय उजुरी,छानविन हुने

spot_img

काठमाडौँ — नेपाली कांग्रेसमा गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दुई हजार एक सय नेता कार्यकर्ताविरुद्ध उजुरी परेको छ । निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध विभिन्न ४६ जिल्लाबाट उजुरी परेको छ ।

केन्द्रीय कार्यालयले निर्वाचनमा पार्टी हित विपरीत कार्य गर्नेविरुद्ध उजुरी आह्वान गरेकोमा ४६ जिल्लाबाट २ हजार १ सय नेताविरुद्ध उजुरी परेको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बताए । अनुशासन समितिले प्रतिवेदनमाथि मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुँदैछ । देशभरिबाट परेका उजुरीमाथि विस्तृत प्रतिवेदन तयार गरी केन्द्रीय समितिलाई हस्तान्तरण गर्न लागेको संयोजक ढुंगानाले बताए ।

‘विधानमा पार्टी हितविपरीत गर्नेलाई कारबाही गर्ने व्यवस्था छ । हामीले विधानसम्मत काम अघि बढाएका छौं । तर त्यसबारे छानबिन भइसकेको छैन,’ उनले भने, ‘अब केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यही हुन्छ ।’

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा आयोजना गरेको जिल्ला सभापतिहरुको भेलामा अधिकांश जिल्ला सभापतिहरुले जिल्लाबाट कारबाहीका लागि भएका सिफारिसलाई तत्काल कारबाही गरी टुंगोमा पु¥याउनुपर्ने माग गरेका थिए । तर त्यसरी परेका उजुरीमध्ये कतिपय जिल्ला सभापतिहरु विरुद्ध समेत छन् । पार्टीका   समेत उजुरीहरु रहेको अनुशासन समितिले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img