नेपालमा भ्रष्टाचार ५८ प्रतिशतले बढेको देखायो

काठमाडौं, एक प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन बरोमीटर एसियाको प्रतिवेदनले नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको देखाएको छ । नागरिकबाट गरिएको सर्वेक्षणका आधारमा भ्रष्टाचार बढेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी मध्ये ८४ प्रतिशतले भ्रष्टाचार बढ्नुमा सरकार नै मूल कारण भएको बताएका छन् ।

 

एक वर्षमा सार्वजनिक सेवा लिंदा १२ प्रतिशतले घुस दिनुपरेको र २९ प्रतिशतले पहुँच प्रयोग गरेको प्रतिवेदनले जनाएको छ । नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलले २०१९ मा प्रकाशित गरेको इण्डेक्समा नेपाल १ सय १३ औं स्थानमा रहेको छ । १ सय पूर्णाकमा नेपालले ३४ अंक मात्र पाएको थियो । ट्रान्सपरेन्सीले १ सय ९८ मुलुकलाई समावेश गरेको थियो । १७ देशमा मार्च देखि सेप्टेम्बरसम्म गरिएको सर्वेक्षणमा जनप्रतिनिधिहरु नै सबैभन्दा बढी भ्रष्ट भएको देखाएको छ ।

सर्वेक्षणमा राष्ट्रपति तथा प्रधानमन्त्रीकै कार्यालयको संलग्नतामा धेरै भ्रष्टाचार हुने गरेको सहभागीहरुले बताएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 । गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय...

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको...

कांग्रेस अझै अन्योलमा

काठमाडौँ — कांग्रेसमा प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक’ कदमलाई हेर्ने दृष्टिकोणमा मतान्तर नदेखिए पनि नेताहरूको मनस्थिति भने विभाजित बनेको छ । जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रपछि शनिबार...

प्रधानमन्त्रीको ’शंकास्पद’ पत्रले ल्याएको तरंग

प्रतिनिधि सभा विघटनको सिफारिस गरेर राष्ट्रपतिलाई मन्त्रिपरिषदले पत्र पठाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको ’शंकास्पद’ पत्रले अदालतभित्र र बाहिर तरंग पैदा गरेको छ। सर्वोच्च...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -