spot_img

कांग्रेसकाे केन्द्रीय समितिमा धारणा राख्दै कांग्रेस केन्द्रीय सदस्यहरूःमहामन्त्रीको प्रस्तावले देउवामाथि नैतिक दबाब

spot_img

काठमाडाैँ,नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरू भएको छ। बुधबार बिहान साढे ११ बजेदेखि केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। मधेस प्रदेश सभापति कृष्ण यादवले भ्रातृ संस्थाहरू विस्तार गर्दा प्रदेशसँग समन्वय नै नगरिएको बताए।

‘प्रदेशसँग समन्वय नगर्ने जिल्लासँग समन्वय गर्दै जाने हो भने प्रदेश खारेज गरौं, जिल्लामै गएर हामी काम गर्न तयार छौं,’ उनले भने। केन्द्रीय समितिमा १० वटा एजेन्डा छ। ती एजेन्डा र महामन्त्री गगन थापाले राखेका प्रस्तावलगायतबारे केन्द्रीय सदस्यहरूले पालैपालो धारणा राखिरहेका छन्।

महामन्त्रीको प्रस्तावले देउवामाथि नैतिक दबाब

 पार्टीको वैचारिक र सांगठनिक धरातल उठाउन भन्दै महामन्त्री गगन थापाले एकवर्षे कार्यतालिका कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव गरेपछि सभापति शेरबहादुर देउवा नैतिक दबाबमा परेका छन् । थापाले सत्ता राजनीतिको केन्द्रीयताले कमजोर बन्दै गएको उल्लेख गर्दै अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेतको समर्थनमा मंगलबार प्रस्ताव अघि सारेका हुन् ।

महामन्त्री थापाको एकवर्षे कार्यतालिका

  • आकस्मिक अवस्थामा बाहेक असोज, मंसिर, माघ, चैत, जेठको पहिलो साता केन्द्रीय कार्यसमिति बैठक

  • म्याद सकिएका भ्रातृसंस्थाको तदर्थ समिति गठन, गठन भएकालाई पूर्णता भदौ १५ भित्र, ६ महिनामा अधिवेशन

  • ४८ विभागलाई बढाएर ७० वटा पुर्‍याउने

  • भदौ, असोज र कात्तिकमा क्रियाशील सदस्यता नवीकरण

  • साउन २० देखि भदौ १ सम्म पार्टी सुदृढीकरण

  • भदौ १० देखि २४ सम्म समुदायमा आधारित संवाद

  • मंसिर १५ देखि माघ १५ सम्ममा घर–घर जाने अभियान

  • साउनदेखि ०८१ असारसम्म ‘घर–घर जाऔं, पार्टी सदस्यता बनाऔं’ अभियान

  • दिवस, उत्सव, नेताको जन्मजयन्तीका अवसरमा समुदायका सबै उमेर समूह र पेसाका नागरिकलाई आकर्षित गर्ने कार्यक्रम

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img