spot_img

दोहोरो अंकले बढ्यो नेप्से

spot_img

काठमाडौं, बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेको छ।यस दिन नेप्से ०.५२ प्रतिशतले बढेर २१६५.२४ बिन्दुमा बन्द भएको छ।बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँ पुगेको छ।

यस दिन २६० वटा धितोपत्रको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर किनबेच भएको हो।बुधबार बिपिडब्ल्यू लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य १ हजार ४९० रुपैयाँ ७० पैसा पुगेको छ।यस्तै, विशाल बजारको सेयर मूल्य ७.१६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य तीन हजार ७२९ रुपैयाँ पुगेको छ।

सेयरमूल्य सर्वाधिक घट्नेमा एनआइबिएल समृद्धि फण्ड–२ रहेको छ। उक्त योजनाको इकाइ मूल्य ९.६४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ०६ पैसामा सीमित भएको छ।

यस्तै, १२% गुडबिल फाइनान्स डिवेञ्चर २०८३ को मूल्य ७.७३ प्रतिशतले घटेको छ। उक्त डिवेञ्चरको मूल्य एक हजार ३८ रुपैयाँमा झरेको छ।बुधबार युनाइटेड अजोड इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ६३१ रुपैयाँमा २३ करोड ५७ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ६.५५ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८१० रुपैयाँमा १४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ।यस दिन बैंकिङ र व्यापार समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।आज व्यापार समूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशतले बढेको छ। यस्तै बैंकिङ समूहको परिसूचक २.३१ प्रतिशतले बढेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img