महोत्तरी, महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने, अफ्ताब आलम र श्याम कार्की रहेको प्रहरीले जनाएको छ । उनीहरुको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।


















