spot_img

नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको हिमाली सडकले जाेड्दैछ डोल्पा र मुस्ताङ जिल्ला

spot_img

डाेल्पा,उपल्लो डोल्पाको छार्का ताङसाेङ गाउँपालिका र मुस्ताङ सडक सञ्चाल जाेडिने भएकाे छ । याे सडक निर्माण भएपछि कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ । मुस्ताङसम्म सडक सञ्जाल जाेड्नकाे लागि छार्का ताङसाेङ गाउँपालिकाले सडक खन्ने कामलाइ तिव्रता दिइरहेकाे छ ।

गाउँपालिका अध्यक्ष सेनाङ गुरूङका अनुसार गाउँपालिकाकाे वडा नम्वर १ छार्का देखि १० किलाेमिटर सडक गाउँपालिकाले निर्माण गरिसकेकाे छ । उनले थपे “१० किमी गाउँपालिकाले निर्माण गरेकाे र बाँकी १८ किलाेमिटर बाँकि सडक निर्माणकाे काम चलिरहेकाे छ । १० किमी गाउँपालिकाले आफै खर्च जुटाएर सडक निर्माण गरेकाे र बाँकि १८ किमी सडक निर्माणकाे लागि प्रदेश र संघ सरकारकाे सहयाेग आवश्यक रहेकाे अध्यक्ष सेनाङकाे भनाइ छ ।

त्यसाेत अध्यक्ष गुरूङका अनुसार मुस्ताङबाट समेत डाेल्पातर्फ सडक खन्ने काम भइरहेकाे छ । मुस्ताङका सांसद देखि जनप्रतिनिधिहरूले समेत सडक सञ्जाल जाेड्न सहयाेग गरेकाे भन्दै धन्यवाद दिए,भने बाँकी रहेकाे काममा समेत सहयाेगकाे अपेक्षा रहेकाे अध्यक्ष गुरूङकाे भनाइ छ ।

पहिले डाेल्पादेखि मुस्ताङ पुग्न ३ दिन लाग्थ्याे तर १० किमी सडक निर्माण सम्पन्न भएपछि भने २ दिनमै पुगिन्छ ।

उता सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूवात गरेको हो । सो सडक निर्माणका लागि बागलुङस्थित सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी आर्थिक वर्ष २०७६ र ७७ मा ११ करोड रुपैयाँ विनियोजन भएको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।

वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ । यो कच्ची सडकमा सवारी सञ्चालनसमेत भइरहेको छ । साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने अनुमान छ । साङ्ता गाउँ मुस्ताङको सबैभन्दा दुर्गम बस्ती हो । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ ।

समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ । मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताउनुभयो ।

‘अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुन्छ’, उहाँले भन्नुभयो, ‘कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ ।’

वारागुङ मुक्तिक्षेत्र तथा मुस्ताङ जिल्लाको लाइफलाइन मानिने यो सडकको निर्माणले स्थानीयवासीको जनजीवनमा आमूल परिवर्तनको अपेक्षा गरिएको छ । मुस्ताङ हुँदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको सङ्ख्यासमेत बढ्ने उहाँले बताउनुभयो । सडक कार्यालय बागलुङका सवइञ्जिनीयर सगुनकुमार कार्कीका अनुसार विभिन्न पाँच खण्डमा बनाइने सडकका लागि छुट्टाछुट्टै रकम विनियोजन भएको छ । एउटा खण्डका लागि पाँच करोड रुपैयाँ, दुईरदुई करोडका दुई खण्ड र एक÷एक करोड रुपैयाँका दुई खण्ड गरी पाँच खण्डमा सडक निर्माण हुन लागेको हो ।

यही आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशको डोल्पा जोडिने सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो । सांसद तुलाचनले भौतिक पूर्वाधार मन्त्रालयबाट निर्वाचन क्षेत्रका लागि आएको १० करोड रुपैयाँ रकममध्ये चार करोड रुपैयाँ रकमसमेत यही सडकका लागि छुट्याएको जानकारी दिनुभयो ।

राससकाे सहयाेगमा तयार पारिएकाे रिपाेर्ट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img