बीबीसी नेपालीबाटःचम्किला, बदनाम, असाधारण, प्रतिभाशाली, उग्र डिएगो म्याराडोना, कमजोरीयुक्त फुटबलका प्रतिरूप। खेलको आशिर्वाद प्राप्त खेलाडीमध्येका एक, उनमा कुशलता, तेज, आकर्षण, दूरदर्शिता र गतिको दुर्लभ संयोजन थियो। जसले प्रशंसकहरूलाई मन्त्रमुग्ध पार्थ्यो।
उनी विवादमा पनि तानिए। लागु पदार्थ दुर्व्यसनमा परे र मैदान बाहिर निजी सङ्कटको दलदलमा पनि फसे। सन् २०१८ को विश्वकपमा म्याराडोनाले अर्जेन्टिनाको समूह खेलमा उपस्थिति जनाएका थिए
छोटा मिठा फुटबल प्रतिभा
उनी ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए। युवा अवस्थामा गरिबीबाट मुक्त भएर म्याराडोना फुटबलका सुपरस्टार बने जसलाई कतिपयले ब्राजिलका पेलेभन्दा पनि महान् ठान्ने गर्छन्।
विश्व प्रसिद्ध फुटबल खेलाडी म्याराडोनाको निधन
मस्तिष्कको शल्यक्रियापछि म्याराडोना सुधारगृहमा
उनले ४९१ वटा खेलमा २५९ वटा गोल गरे।
फुटबलको अन्तर्राष्ट्रिय प्रशासनिक निकाय फिफाद्वारा मतदान नियम परिवर्तन गरेर दुवै खेलाडी सम्मानित हुनुअघि उनले २० औँ शताब्दीका महान् खेलाडी निर्धारण गर्न आफ्ना दक्षिण अमेरिकी प्रतिस्पर्धीसँगै एउटै पोलमा उभ्याएका थिए।
म्याराडोनाले सानै उमेरदेखि विलक्षण प्रतिभा देखाए। जुनिअर टोली ला सेबोलिटसको नेतृत्व गर्दा उक्त टोलीले अपराजित १३६ वटा खेल खलेको थियो। त्यसपछि १६ वर्ष ४ महिनाको हुँदा उनले अन्तर्राष्ट्रिय खेलमा अवसर पाए। पाँच फुट पाँच इन्चका छोटा र गठिला। तर बल छल्ने कला, फूर्तिलोपन, अवसर छोपाइ, बलमाथिको नियन्त्रण, बल घुमाउँदै पास दिने क्षमताले गतिको कमी र यदाकदाको वजन समस्याको पूर्ति गरेको थियो।
’ईश्वरको हात र शताब्दी गोल’
आर्जेन्टिनाको निम्ति ९१ प्रदर्शनमा ३४ गोलले उनको अन्तर्राष्ट्रिय करिअरको एउटा पक्षमात्र अभिव्यक्त गर्छ। उनको नेतृत्वले मेक्सिकोमा देशलाई सन् १९८६ को विश्व कप जितायो र चार वर्षपछि फाइलनमा पु¥यायो। अघिल्लो खेलको क्वाटर फाइलनको विवादपछि त्यसले उनको जीवनलाई प्रभावित पार्ने पूर्वाभाष थियो।
इङ्गल्यान्डविरुद्धको खेल त्यसै पनि निकै सङ्घर्षपूर्ण थियो। किन कि दुई देशबीच चारवर्ष अघि मात्रै फोकल्यान्डस् युद्धमा भिडेका थिए। खेल सुरु भएको ५१ मिनेट सकिए पनि गोल हुन सकेको थिएन। म्याराडोना विपक्षी गोलरक्षकलाई रोक्न उफ्रिए र बललाई नेटमा छिराए।
विश्वप्रसिद्ध खेलाडी पेलेबारे १० रोचक कुरा
’मेसीले खेलेको हेर्नु चरम सुख प्राप्त गर्नु जस्तै’
पछि उनले भनेका थिए गोल भयो, ’थोरै म्यारानोडाको टाउकोलाई र थोरै ईश्वरलाई धन्यवाद।’ चार मिनेटपछि त्यसैलाई ’शताब्दी गोल अर्थात् गोल अफ द सेन्चुरी’ को रूपमा वर्णन गरियो।
“त्यो सानदार थियो भन्नुपर्छ। गोलबारे कुनै सन्देह छैन। त्यो साँच्चिकै विशुद्ध फुटबल प्रतिभा थियो,“ बीबीसीका टिप्पणीकार बेर्री ड्याभिसले भनेका थिए। म्याराडोनाले एउटा खेल जित्नुभन्दा पनि अङ्ग्रेजलाई परास्त गर्नु महत्त्वपूर्ण भएको टिप्पणी गरेका थिए।
नापोलीका हिरो विवादको घेरामा उनले दुई पटक खेलाडी खरिदको विश्व किर्तिमान तोकेका थिए। बोका जुनिअर्स् छाडेर स्प्यानिस बार्सिलोनाका निम्ति सन् १९८२ मा ३० लाख पाउण्डमा बिक्री भएका उनी दुई वर्षपछि ५० लाख पाउण्डमा इटलीको नापोली क्लबमा सरे। इटलीको स्टुडियो सान पाओलोमा हेलिकोप्टरमा उनी पुग्दा त्यहाँ ८० हजार प्रशंसक थिए। उनी एक नयाँ हिरो थिए।
उनले इटलीमा आफ्नो खेल जीवनको उत्कृष्ट क्लब फुटबल खेले। तर उनी आपराधिक सङ्गठन क्यामोरवासँग जोडिए, कोकिनको लतमा परे र पारिवारिक मुद्दामा फस्न पुगे। डोपिङ् परीक्षणमा पोजेटिभ देखिएपछि १५ महिनाको प्रतिबन्ध समेत बेहोर्नु प¥यो।
अवकाशपछिको जीवन
परीक्षणमा तेस्रो पटक पोजेटिभ देखिएपछि उनले आफ्नो ३७ औं जन्मदिनमा फुटबलबाट सन्यास लिए। तर समस्याहरूमा पर्ने क्रम रोकिएन्। म्याराडोनालाई एयर राइफलबाट पत्रकारहरूमाथि गोली चलाएको पहिलाको एउटा घटनामा दुई वर्ष १० महिनाको निलम्बित जेल सजाय दिइयो। कोकिन र मादक पदार्थ सेवन गर्ने बानीले उनको स्वास्थ्य समस्या गम्भीर बनायो। एक बखत उनको तौल बढेर १२८ किलोग्राम भयो। सन् २००४ मा हृदयाघात भएपछि सघन उपचार कक्षमै भर्ना गर्नु परेको थियो।मोटोपन रोक्ने प्रयासमा उनको ग्याष्ट्रिक(बाइपास शल्यक्रिया गरिएको थियो।
लागु पदार्थ दुर्व्यसनबाट मुक्ति पाउन सङ्घर्ष गरिरहेका बेला उनले क्युबामा शरण मागे। म्याराडोनाले क्युबाको भ्रमण गर्दा राष्ट्रपति फिडेल क्यास्त्रोसँग भेट गरेका थिए
म्याराडोनाले क्युबाको भ्रमण गर्दा राष्ट्रपति फिडेल क्यास्त्रोसँग भेट गरेका थिए यस्ता अनेक झमेलाबीच सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीका व्यवस्थापक बने। तर जर्मनीसँग क्वाटर फाइनलमा ४(० ले हारेपछि उनले उक्त जिम्मेवारी परित्याग गरे।
उनको भूमिकालाई लिएर समाचारमा प्राथमिकता पाए र उनीप्रतिको दृष्टिकोण पनि विभाजित बनेको देखियो। अपमानजनक, प्रेरक, मनोरञ्जक, महान्, उचाइभन्दा माथि अर्थात् डिएगो म्याराडोना। एक असामान्य जीवन।