spot_img

१ तोला सुन दिने भन्दै जनप्रतिनिधिकै दबाबमा लुकाइएकाे एक दर्दनाक बलात्कारको घटना कहानी,जनप्रतिनिधि फरार

spot_img

काठमाडौं, बैतडीको सिगास गाउँपालिका ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते भएको बलात्कारको घटना जनप्रतिनिधिकै दबाबमा गुपचुप गराइएको पाइएको छ । जनप्रतिनिधिकै दबाबमा पीडित युवतीलाई एक तोला सुन दिनेभन्दै मिलापत्र गरिए पनि सुन नपाएपछि पीडित युवती प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिएको हो ।

घटनालाई गाउँमै मिलापत्र गराउँदै वडाकै निर्वाचित जनप्रतिनिधि र अगुवाहरुले पीडक पक्षले युवतीलाई एक तोला सुन दिने सहमति गरेका थिए । सो पत्रसमेत सार्वजनिक भइसकेको छ । कक्षा ११ मा अध्ययनरत युवतीले बिहान ४ बजे घरबाट करिब एक घण्टा टाढाको कुवामा पानी भर्न गएका बेला छिमेकी दीपक धामीबाट बलात्कृत भएको आरोप लगाएकी छिन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए ।

उनले भने, “बलात्कारजस्तो जघन्य अपराधको घटना मिलाउने कार्यमा जनप्रतिनिधिकै संलग्‍नता रहेको खुलेको छ । घटनामा जोडिएका सबैको खोजी अगाडि बढाएका छौं । यस्ता अपराधिक कार्यविरुद्ध कठोर रुपमा प्रस्तुत हुन्छौं ।” पीडित युवतीले आफूमाथि बलात्कार गर्ने युवकसहित मिलापत्र गराउने चार जनाविरुद्ध जाहेरी दर्ता दिएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा बिहीबार पीडित युवतीले बलात्कार गर्ने युवकसहित घटना गाउँमै मिलापत्र गराउने चार जनाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् । घटना मिलापत्र गर्ने दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडकले सुन नदिएपछि घटना बाहिर आएको थियो । कात्तिक ३० गतेभित्र एक तोला सुन दिने भनेर बनाएको तमसुकमा झगडा भएको लेखिएको उल्लेख छ । बलात्कारमा संलग्नताको आरोप लागेका दीपकसिंह धामी भने फरार छन् । डीआईजी सुवेदीका अनुसार जनप्रतिनिधिसमेत फरार छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img