रूपक कुलाल,डाेल्पा
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले नगरभित्रका गाउँवस्तीमा खानेपानीकाे समस्या समाधान गर्नका लागि दिर्घकालिन र ठुला याेजना निर्माणकाे शुरूवात गरेकाे छ। शुक्रबार नगरपालिकाकाे वडा नम्वर ८ मा खानेपानीकाे समस्या पूर्ण रूपमा दिर्घकालिन समाधानका लागि ४ कराेड २९ लाख ५० हजार बराबरकाे याेजनाकाे शुरूवात गरिएकाे छ।
फिनल्याण्ड सरकारबाट सहयाेगि संस्था सुस्वा र नगरपालिकाकाे बजेट सहितकाे समन्वयमा खानेपानी समस्या हल गर्ने वृहत याेजनाकाे शुरूवात गरिएकाे हाे। खानेपानीकाे समस्या त नगरपालिका भित्रका अधिकांस गाउँमा छ,तर हाललाइ निकै समस्या भएकाे र अन्य वडाजस्ताे डुप्लीकेसन याेजना पनि नपर्ने भएकाेले शुरूवात ८ नम्वर वडाबाट गरेकाे नगरप्रमुख जनचन्द्र राेकायाले जानकारी दिए। उनले थपे “समस्या अन्य गाउँमा छ ठुलाे र दिर्घकालिन याेजनाकाे शुरूवात गरेका छाैँ,समिति गठनसँगै अन्य कामकाे शुरूवात भएकाे छ। अन्य गाउँहरूका खानेपानी समस्या समाधान गर्न समेत संघ,प्रदेश सरकार समक्ष माग गरेकाे र नगरपालिकाले पनि सकेकाे लगानी गर्ने याेजना छ।”
पहिलाे चरणकाे कार्यक्रममा निकै समस्या देखिएकाे हाल त्रिपुरासुन्दरी ८ नम्वर वडा र साविकककाे पहाडा गाविसका ६,७,८,९ मा रहेका गाउँहरू शेरगाउँ, ल्वारवाडा, रावतवाडा, दागिना र खालिवन लगाएतका गाउँहरू पर्दछन्। वडाका गाउँभित्र निकै पानीकाे हाकार हुने गरेकाे थियाे अव भने जनतामा खानेपानीकाे समस्या समाधान हुने अाशा पलाएकाे वडा अध्यक्ष चन्द्र रूप रावतकाे भनाइ छ।
यस वडा भित्र २ सय ४० घरधुरी रहेका छन् भने १ हजार ७८ जनसंख्या रहेकाे छ। प्रत्यक घरदुरीलाइ १ घर १ धारा निर्माण गर्ने याेजना अव चाँडै निर्माण कार्यकाे शुरूवात हुनेछ। मुहानकाे पहिचान भै सकेकाे र अव बाँकी काम धमाधम भइरहेकाे सुस्वा संस्थाका त्रिपुरासुन्दरीका कार्यक्रम संयाेजक धनप्रसाद बुढाले जानकारी दिए। कुल लागतकाे ३ कराेड ५१ लाख ५० हजार रूपैँया सुस्वाले व्यहाेर्ने र ७८ लाख रूँपैया नगरपालिकाले व्यहाेर्ने सम्झाैँता रहेकाे छ। संस्था भएपनि सबैकामकाज नगरपालिकाबाटै सञ्चालन हुनेछ।
सबैका लागि दिगो खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम “वास” अन्तर्गत उपभोक्ताहरुको अभिमुखीकरण तालीम,उपभोक्ता समिति गठन र मुहान दर्ता प्रक्रिया सम्पन्न भैसकेकाे हुनाले अव चाँडै बाँकी निर्माणका कामले गति लिनेछ।
यस्तै ठुला बजेटका र दिर्घकालिन याेजना नगरपालिकाले निरन्तरता दिए नगरपालिका भित्रकाे खानेपानी समस्या समाधान हुनेमा दुइमत छैन।



















