spot_img

नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब

spot_img

काठमाडौं, बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ ।पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरूमाथि थप अनुसन्धान नगर्ने दिशामा सिआइबी पुगेको छ ।

सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएको अवस्थामा सरकारकै कारण दुई पूर्वप्रधानमन्त्री तत्काललाई अनुसन्धानको दायरामा नआउने भएका हुन् ।

सिआइबीले पूर्वप्रधानमन्त्रीद्वयलाई अनुसन्धानका लागि बयान नलिएको भनिए पनि सरकारको दबाबका कारण अनुसन्धान प्रक्रिया रोकिएको हो ।पूर्वप्रधानमन्त्रीद्वयलाई बयानका लागि बोलाइने भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्रीको दबाबमा सिआइबी दुई पूर्वप्रधानमन्त्रीको बयान लिनबाट पछि हटेको उच्च स्रोतले बतायो ।

सिआइबीले बयानमा बोलाए नेपाल र भट्टराई अनुसन्धानमा सघाउन तयार रहेको सार्वजनिकरूपमा अभिव्यक्ति समेत दिएका थिए ।भट्टराईले सार्वजनिकरूपमा आफू अनुसन्धानमा सघाउन तयार रहेको अभिव्यक्ति दिएका थिए ।ललिता निवास प्रकरणकै कारण पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए ।

उनले पार्टीको कामको सिलसिलामा भन्दै युरोप भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री नेपाल गत सोमबार बिहान नेपाल फर्किएका थिए ।यही प्रकरण’ विमानस्थलमा पत्रकारसँग बोल्ने क्रममा उनले आफूलाई विदेशमै लुक्न लागेको आरोप लगाएपछि युरोप भ्रमण छोट्याएर फर्किएको प्रतिक्रिया दिएका थिए ।

‘चुनौती नदिएसम्म त म चुप लागेर बस्छु । चुनौती दिइसकेपछि सिधा सामना गर्छु । म बोल्दिनँ, बोलिसकेपछि तह लगाउनुछ भने तह लगाएरै छोड्छु, परिस्थिति र परिबन्ध त्यस्तै प–यो । त्यस कारणले गर्दा फर्किएर जाँदाको परिस्थिति अर्को हुन्छ,’ विमानस्थ
लमा उनले भनेका थिए ।नेपाल बयानका लागि तयार भएर आए पनि उनीमाथि सिआइबीले बयान लिन सकेन ।आजको राजधानी दैनिकमा खवर छ 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img