काठमाडाैँ, आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।गत शुक्रबार एक लाख १० हजार चार सय रूपैयाँमा किनबेच भएको सुनको मूल्य आइतबार एक सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारको लागि आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १० हजार तीन सय तोकिएको छ।
तेजाबी सुनको मूल्य पनि घटेर आज एक लाख नौ हजार ७५० रूपैयाँमा किनबेच भएको छ।आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघले तोकेको आइतबारको बिक्री मूल्य १३ सय ९० रूपैयाँ छ।