रूपक कुलाल,डाेल्पा
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा २५ कराेडकाे बजेटमा महत्वकांक्षी याेजनाहरू निर्माणकाे काम शुरू भएकाे छ। नगरपालिकाकाे केन्द्र बगर बजार देखि वाला त्रिपुरासुन्दरी मन्दीरसम्म कालाेपत्रे हुँदै मसीनचाैँर विमानस्थलसम्म सडकाे स्तरउन्नती गर्ने,वाला त्रिपुरासुन्दरी मन्दीरमा पाहुना घर निर्माण गर्ने र भ्यु पार्क लगाएतका याेजनाहरूकाे निर्माण कार्य शुरू भएकाे छ।
साेमबार मात्रै मन्दीरकाे पाहुन घरकाे शिलान्यास गरिएकाे छ। जिल्लाकै प्रशिद्द मन्दीरमा दर्शनका लागि जाने भक्तजन बस्नका लागि अव २ तले १२ काेठाकाे भवन निर्माण हुनेछ। नगरप्रमुख जनचन्द्र राेकायाले भवनकाे शिलान्यास गर्नुभएकाे थियाे। भवनकाे शिलान्यास गर्दै मेयर राेकायाले यी ठुला ३ वटा नगरपालिका भित्रका महत्वकांक्षी याेजना भएकाेले काम तीव्र गतिमा अगाडी बढाउन निर्माण कम्पनीलाइ निर्देशन दिएका छन् । ठुलाे बजेटमा बन्न लागेका यी ठुला याेजनाहरू गुणस्तरीय र समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। यी ३ ठुला याेजना निर्माण विशेषगरी नगरपालिकाकाे मुख्य विकास मात्र नभएर धार्मीक पर्यटकीय हिमावमा पनि नगरपालिकाले ठुलाे फड्काे मार्ने मेयर राेकायाकाे दावी थियाे।
३ वटै अायाेजनाहरू निर्माणकाे ठेक्का पाएकाे लुना,वाइ.एस.एस जेवीले पाएकाे छ। भवन शिलान्यासमा उपस्थीत भएकाे मुख्य निर्माण व्यवसायी पूर्ण वहादुर शाहीले समयमै सबै याेजनाहरूकाे काम सम्पन्न हुने दावी गरे। सम्वन्धित कार्यालय,नगरपालिका र स्थानीयबाट यस्तै सहयाेग जारी रहे काम समयसिमा भित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य लीएकाे शाहीकाे भनाइ छ।
सघन सहरी तथा भवन निर्माण अायाेजना कार्यालय जुम्लाबाट कुल २५ कराेडकाे लागतमा बाटाे पिच र स्तरउन्नती देखि भ्यु पार्कसम्मकाे याेजनाहरू नगरपालिका भित्र बन्दैछन्। १८ महिनाकाे अवधी भित्र सबै याेजनाहरू सम्पन्न गरिसक्नु पर्नेछ भने गुणस्तरीय कामका लागि भवन कार्यालयका जुम्लाका साइड इन्जिनियर भरत महतले जानकारी दिए। सडक स्तरराेन्नतीकाे काम धमाधम भइरहेकाे छ,अव मन्दीरकाे काम शुरू भएकाे र चाँडै भ्युपार्ककाे काम पनि शुरू हुने इन्जिनियर महतकाे भनाइ छ।
यी महत्वकांक्षी याेजनाहरू सम्पन्न भए नगरपालिकाकाे केन्द्र देखि मन्दीरसम्म पिच सडक,मसिनचाैँर विमानस्थलसम्म सडककाे स्तरराेन्नती भएर राम्राे सडक बने,भ्यु टावर बने पर्यटकीय हिसावले नगरपालिका जिल्लाकै अाकर्षणकाे केन्द्र बन्नेछ।





















